देशभर वर्षकै ठूलो हिउँदे वर्षा, काठमाडौंमा कति पर्‍याे पानी?

काठमाडौं, मंसिर २८ । पश्चिमी वायुका कारण लगभग देशभर यस वर्षकै ठूलाे हिउँदे वर्षा भएको छ। काठमाडौं उपत्यकामा २४ घण्टा पानी परेको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार काठमाडौंमा गएको २४ घण्टामा ३२.५ मिलिमिटर वर्षा भएको छ। यो भनेको मध्यम वर्षा हो।

काठमाडौं उपत्यकामा शुक्रबार बिहान ६ बजेदेखि पर्न थालेको पानी शनिबार बिहान ६ बजेतिर मात्रै थामिएको छ। अब बिस्तारै मौसम खुल्दै जाने मौसमविद् प्रधानांगको अनुमान छ।

पश्चिमी वायुको न्यूनचापीय प्रणालीको प्रभावले लगभग देशभर वर्षा भएको मौसमविद् प्रधनांगले जानकारी दिए। खासगरी पश्चिम क्षेत्रमा वर्षा बढी भएको उनको अनुमान छ। सबै ठाउँको वर्षाको रेकर्ड पौने ९ बजे मात्र प्राप्त हुने मौसमविद् प्रधानांगले शनिबार बिहान साढे ७ बजे बताए।

करिब करिब देशभर नै मध्यम वर्षा भएको उनको अनुमान छ। यो हिउँदे वर्षाले बालीनालीलाई राम्रो फाइदा पुर्याउने उनले बताए। उनका अनुसार यो यस वर्षकै ठूलो हिउँदे वर्षा हो।

मौसम पूर्वानुमान महाशाखाले शुक्रबार जारी गरेको बुलेटिनमा हल्का वर्षा मात्रै हुने अनुमान गरिएकाे थियो तर मौसमविद्ले अनुमान गरेभन्दा बढी अर्थात् मध्यम वर्षा भएको हो।

आजदेखि भने पश्चिमी वायुको प्रभाव बिस्तारै घट्दै जाने मौसमविद् प्रधानांगको अनुमान छ। बुधबार साँझ नेपालको पश्चिमी क्षेत्रबाट प्रवेश गरेको यो वायु पूर्वतिर सर्ने क्रममा छ। पश्चिमबाट प्रवेश गर्ने यो वायु पूर्वबाट बाहिरिने गर्छ।

आज कस्तो रहला मौसम?
महाशाखाले आज (शनिबार) बिहान ६ बजे जारी गरेको बुलेटिन अनुसार आज दिउँसो देशका मध्य र पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली रही पूर्वी भूभागमा सामान्य बदली रहनेछ।

देशका मध्य र पूर्वी भूभागका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ। साथै उच्च पहाडीसहित हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको बुलेटिनमा उल्लखे छ।

यसैगरी आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। उच्च पहाडीसहित हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।-नेपाल खबर

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।