रंगशाला निर्माणको लागि सहयोग जुटाउन धुर्मुसले शुरु गरे ठेला पसल !
चितवन : चितवनमा निर्माणा धिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणका लागि सहयोग जुटाउन धुर्मुस– सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले विभिन्न उपायहरु अपनाइ रहेका छन् । कहिले सांस्कृतिक कार्यक्रम त कहिले खुत्रुके अभियान संचालन गरेका धुर्मुसले आज (आइतबार)देखि रंगशाला निर्माणस्थल परिसरमा ठेलामा राखेर सुुन्तला, स्याउ, बदाम, केरा, पानी लगाएत बेच्न थालेका छन् ।
रंगशाला अवलोकन गर्न आउनेहरुलाई लक्षित गरेर उनले रंगशाला ठेला पसलमा संचालन गरेको जानकारी दिए । उनले रंगशाला हेर्नका लागि दैनिक १ हजार अवलोनकर्ता आउने गरेको धुर्मुसले बताए। उनले ठेला पसलबाट हुने सम्पूर्ण आम्दानी रंगशाला निर्माणमा खर्च गरिने जानकारी दिए । अवलोकन कर्ताबाट लिइने २० रुपैंया शुल्क र ठेलाबाट हुने आम्दानीबाट केही श्रमिकको ज्याला पुराउने योजना रहेको उनको भनाई छ ।
उनले सामाजिक संजाल मा लेखेका छन् – सेवा गर्ने मौका दिनुहोला… रङशाला ठेला पसल आज देखि औपचारिक रुपमा रङशाला निर्माण स्थल अगाडी शुरुवात गरेका छौ । यस बाट हुने नाफा सबै रङशाला निर्माण अभियानका लागि हुने जानकारि गराउछु ।” ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना” ।


