पश्चिमी वायु बा हिरिए संगै अब मौसम सफा हुने

काठमाडौं, मंसिर ३० । केही दिनदेखि वर्षा र हिमपात गराइरहेको पश्चिमी वायु नेपालबाट बाहिरिएको छ। आज (सोमबार)देखि लगभग देशभर मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार बुधबार साँझ नेपाल प्रवेश गरेको पश्चिमी वायु आइतबार राति बाहिरिएको हो। पश्चिमबाट प्रवेश गर्ने यो वायु पूर्वबाट बाहिरिने गर्छ।

पश्चिमी वायुबाट विकसित न्यूनचापीय प्रणालीको प्रभावले बिहीबार बिहानदेखि देशभर मौसम बदली, अधिकांश स्थानमा वर्षा तथा उच्च पहाडी र हिमाली भेगमा हिमपात गराएको थियो। हिमपातका कारण हिमाली जिल्लाको जनजीवन कष्टकर भएको थियो।

आजदेखि भने मौसम सुधार हुने मौसमविद् बासीको अनुमान छ। ‘आजदेखि करिब करिब देशभर नै मौसम सामान्यतया सफा हुने देखिन्छ,’ नेपालखबरसँग उनले भनिन्।

उनका अनुसार आज पहाडी क्षेत्रको आकाशमा भने थोरै बादल देखापरेको छ। अर्थात् आंशिक बदली भएको छ। देशका बाँकी स्थानमा भने मौसम सामान्यतया सफा रहेको उनले जानकारी दिइन्।

तराई क्षेत्रमा पनि अहिले हुस्सु/कुहिरो देखिएको छ। त्यो दिउँसोसम्म रहने मौसमविद् नगरकोटीको भनाइ छ। पहाडमा देखिएको कुहिरो भने घाम लागेसँगै हटेर जानेछ।

आज देशका अधिकांश स्थानमा घाम लाग्ने उनको अनुमान छ। काठमाडौं उपत्यकाको मौसम पनि आज सफा रहने देखिएको उनले बताइन्।

‘आगामी तीन दिनसम्म अब वर्षाको सम्भावना छैन,’ मौसमविद् नगरकोटीले भनिन्, ‘तर पर्सि पुनः अर्काे पश्चिमी वायु नेपाल प्रवेश गर्ने सम्भावना छ। तर यसबारे हामी अध्ययन गर्दै छौं।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।