धनकुटाको चौविसेमा नेकपाको प्रशिक्षण कार्यक्रम

धनकुटा खबर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकदिने प्रशिक्षण कार्यक्रम धनकुटाको चौविसे गाउँपालिकामा सम्पन्न भएको छ ।

पार्टीका चौविसे गाउँ कमिटी अध्यक्ष ईन्द्र वहादुर खत्रीको अध्यक्षता तथा केन्द्रिय सदस्य हेमराज भण्डारीको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रममा समाजवाद, द्वन्दात्मक भौतिकवाद लगायतको वारेमा प्रशिक्षण दिईएको थियो ।

जसअनुसार समाजवादको विषयमा पार्टीका केन्द्रिय सदस्य भण्डारी,द्वन्दात्मक भौतिकवादको वारेमा प्रदेश संसद ईन्द्रमणी पराजुली, सघं, प्रदेश र स्थानिय तहको अधिकारको वारेमा पूर्व माननिय टिकाराम चेम्जोङ्ग र पार्टी संगठनको वारेमा स्कुलिङ्ग विभाग प्रमुख दूर्गा लिङ्खा र पार्टीका जिल्ला सचिव ऋषीराम ढुङ्गानाले प्रशिक्षण दिएका थिए ।

पार्टीका गाउँ कमिटी सदस्य, वडाध्यक्ष, सदस्य सहित अगुवा कार्यकर्ताले उपस्थिती जनाएको कार्यक्रममा स्वागत मन्तव्य नेकपाका चौविसे गाउँपालिका प्रचार विभाग प्रमुख शालिग्राम पौडेलले राख्नुभएको थियो ।

सञ्चालन सचिव राज कुमार चेम्जोङले गर्नुभएको थियो । यो सँगै त्यस गाउँपालिकामा तीन महिने पार्टी संगठन सुदृढिकरण कार्यक्रमको समेत आरम्भ भएको नेकपा प्रचार प्रसार विभागले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।