पेट ब टार्ने गरी निकै भोक लागेको छ, आमा चिकेन पु लाउ बनाउ है भनेको थियो…..’

काठमाडौं : साम स्टफर्डले आमासँग फोनमा भनेका थिए, ‘पेट ब’टार्ने गरी भोक लागेको छ आमै, चिकेन पुलाउ बनाउ है ।’ तर, सामको भा’ग्यमा अरु नै केही लेखेको थियो, केही बेरपछि नै दुइटा गो’लीले उनको श’रीर छे’ड्यो । एउटा गो’ली सामको चिउँडो छे’डेर टाउको तिर नि’स्कियो, अर्को गो’लीले ढाडमा आफ्नो निशान छोड्यो ।

गत बिहीबारको त्यो पल सम्झँदै खेरि आमा मेमोनी स्टफर्डको अनुहारका मां’सपेशीहरु मन्द–मन्द काँ’प्न थाल्छन् । आफूलाई सम्हाल्दै उनी भन्छिन्, ‘उसले चिकेन–पुलाउ खान पाएन, अस्पताल लैजानु पर्‍यो…. ।’ मेमोनी स्टफर्ड भन्छिन्, ‘त्यो दिन नागरिकता कानुनको वि’रुद्ध लताशील मैदानमा वि’रोध प्रदर्शन थियो, जसमा सुपरिचित आसामी गायक जुबिन गर्ग लगायतका प्रसिद्ध कलाकार आउँदै थिए ।

त्यही हेर्न भनेर साम बिहान सबेरै त्यहाँ गएको थियो । र, साँझमा फर्कँने बेला उसले मलाई फोन गरेको थियो।’ प्रत्यक्षदर्शी र परिवारका सदस्यका अनुसार गो’ली तब च’ल्यो जब साम एकतिरबाट घर गइरहेका थिए। त्यतिबेला उनीतिर एउटा र्‍या’ली आइरहेको थियो । लोकसभामा नागरिकता विधेयक पेश गरिएपछि नै आसाममा वि’रोध प्र’दर्शनको सिलसिला सुरु भएको थियो ।

यसलाई रोक्न सरकारी पक्षले नि’षेधाज्ञा समेत लगायो । तर, ठूलो संख्यामा प्र’दर्शनकारीले नि’षेधाज्ञा तो’डिरहेका थिए । कतिपय मानिसहरुका अनुसार यीमध्ये केही प्रदर्शन त यति विशाल थिए कि पछिल्लो तीन दशकमा यस्तो ठूलो आ’न्दोलन देखिएको थिएन । प्रशासन माथि निकै द’बाब थियो । यसै क्रममा हिं’सा भयो । अहिलेसम्म आसाममा तीन जनाको मृ’त्यु भइसकेको छ ।

साम स्टफर्ड त्यो दिन गो’ली खाएर जहाँ ढ’लेका थिए, त्यो ठाउँलाई इँटाले घे’रेर मानिसहरुले उनको तस्वीर राखेका छन्, त्यहाँ एउटा दियो दिनभर ज’लिरहेको देख्न सकिन्छ । शनिबार त्यही ठाउँमा एक शोकसभा पनि भयो जसमा परिवारलाई पनि बोलाइएको थियो । आइतबार त्यहाँबाट एक र्‍या’ली निकालियो । नजिकैको गल्लीमा बस्ने मुफीद लश्कर आइतबार साँझको र्‍यालीमा सहभागी भएका थिए ।

मुफीद लश्कर भन्छन्, ‘अलि टाढा चार वा पाँचवटा एसयूभी कार थिए, ती कारको हेडलाइट एक साथ बलिरहेको थियो ।अगाडिबाट आइरहेको र्‍यालीतिर अचानक हे’डलाइट मो’डियो। र,एक मिनेट भित्रै गाडीहरुको लाइट ब’न्द भयो । त्यसपछि गो’ली चलेको चर्को आवाज आयो । छेउबाटै एउटा केटा सडक तिर गएर ल’ड्यो ।’ मुफीद लश्करका अनुसार त्यसपछि सेतो रंगका पाँच एसयूभी सडकमा अर्ध’चेतन भइ ल’डेका साम स्टफर्डको नजिकबाट हुइँकिए ।

प्रहरीले गो’ली चलाएको कुरा अ’स्वीकार गर्दै यसबारे अनु’सन्धान भइरहेको बताएको छ । वि’रोध– प्र’दर्शन रोक्ने जिम्मा केही श’क्तिशाली मानिएका प्रहरी अधिकारीको हातमा दिइएको बताइएको छ । यद्यपि, वि’रोध प्रदर्शनको सिलसिला अहिले पनि जारी छ तर, मानिसहरुमा एउटा भ’यको माहोल भने छ । (बीबीसी हिन्दीबाट गरिएको शब्दानुवाद)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।