रामेछापको उमाकुण्डमा विशाल बौद्ध गुम्बा निर्माण हुँदै

गेली शेर्पा,मन्थली : रामेछाप जिल्लाको उत्तरी भेग उमाकुण्ड गाँउपालिका वडा नम्बर ६ झगरेखानीमा करोडौ रुपैयाँको लागानिमा भब्य बौद्ध गुम्बा, बिहार र शिक्षालयको निर्माण हुने भएको छ । २०७६ साउन ३ गते परम पुजनिय छैटौँ निर्माणकाय धर्मगुरु थेण्डुप रिन्पोछेले उमाकुण्ड गाँउपलिका वडा नम्बर ६ झगरेखानीमा शान्ति, समृद्धी र दिगो विकाशको लागी वाङ तथा प्रबचन कार्यक्रमको आयोजना गर्नुभई बौद्ध गुम्बा, बिहार र शिक्षालय निर्माण गर्ने घोषणा गर्नु भएको थियो ।

कार्यक्रममा गाँउपालिकाका अध्यक्ष शेर बहादुर सुनुवार गाँउपालिकाको प्रशासकिय अधिकृत इश्वरी प्रशाद शुवेदी र वडा नम्बर ६ का वडा अध्यक्ष कृष्ण बहादुर सुनुवारको उपस्थिती रहेको थियो । कार्यक्रममा रामेछाप जिल्लाको उत्तरी भेग उमाकुण्ड, गोकुलगंगा र लिखु तामाकोशी गाँउपालिकाका हजारौँ मानिसहरुको सहभागिता रहेको थियो ।

उमाकुण्ड गाँउपालिका वडा नम्बर ६ मा जन्मनु भएका राजनितिज्ञ तथा पत्रकार कृष्ण बहादुर तामाङ र लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय रहनु भएका कर्म छेतेन लामाको पहलमा बौद्ध गुम्बा, बिहार र शिक्षालयको निर्माण हुने भएको हो । परम पूजनीय छैटौँ निर्माणकाय धर्मगुरु थेन्डुप रिन्पोछेज्यूले वाङ (आयु अभिशेक) तथा प्रवचन दिनुभएको र बौद्ध गुम्बा, बिहार र शिक्षालय निर्माण गर्ने घोषणा गर्नु भएको दिन बिशाल झरिवर्षा भएको भएपनि कार्यक्रम भब्य रुपमा सम्पन्न भएको थियो । कार्यक्रममा धर्मगुरु रिन्पोछेले उमाकुण्ड गाँउपालिका वडा नम्बर ६ झगरेखानीमा करिब चालिस रोपनी क्षेत्रफलमा भब्य बौद्ध गुम्बा, बिहार, शिक्षालय र प्रवचन दिन आउने रिन्पोछे र धर्मगुरुहरुको निम्ती बिशिष्ट र साधरण गरि दुईवटा अतिथी गृहको पनि निर्माण गर्ने घोषणा गर्नु भएको थियो । बौद्ध गुम्बा, बिहार र शिक्षालयको निर्माण सम्पन्न गर्ने योजना सफल बानाउन गाँउपालिका र वडाका जनप्रतिनिधिहरुले आफूले गर्न सक्ने सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता र घोषणा समेत गर्नु भएको थियो ।

बैद्ध गुम्बा बिहार र शिक्षालय निर्माणको निम्ती यसै वडाका बासिन्दा गरुडसिंह तामाङले १२ रोपनी जग्गा दान गर्नु भएको छ भने बाँकी जग्गाको व्यवस्थापन गाँउपालिका र वडाका जनप्रतिनिधिहरुले उपलब्ध गराई सक्नु भएको छ ।
नेपाल प्राकृतिकरुपमा संसारकै धनि देश भएपनि आर्थिक रुपमा गरिब देश हो । उमाकुण्ड गाँउपालिकाको झगरेखानी रामेछाप जिल्लाकै विकट र बिकाशको दृष्टिले समेत पछि पारिएको गाँउ हो । उमाकुण्ड गाँउपालिकाको झगरेखानीलाई बिकाशको दृष्टिले अत्यन्तै नाजुक, राज्यले दिनुपर्ने र गर्नुपर्ने बिकाश निर्माणका हरेक कुरामा पछि पारिएको छ । यो ठाउँलाई भौतिक पूर्वाधार तथा बिकाशमा मात्र नभई शिक्षा जस्तो अत्यन्तै अपरिहार्य विषयमा समेत पछि पारिएको छ ।

आर्थिक, सामाजिक, शैक्षिक, भौतिक पूर्वाधारका बिकाश लगायत हरेक क्षेत्रमा पछि पर्दा यहाँका जनताहरुलाई धेरै पिडा बोध हुने गर्दछ । त्यस क्षेत्रको जनताको आर्थिक स्थिती राम्रो बनाउन सक्ने कुनै आधार नभए पछि त्यहाँका युवाहरु गाँउ नै खालि गरेर बिदेश पलायन हुनु पर्ने डरलाग्दो अवस्था रहेको छ ।

नेपाली भूमिमा जन्मिनु भएका भगवान बुद्धको दर्शन र बुद्ध धर्म संसारभर लोकप्रिय छ । तर, नेपालमा बौद्धमार्गिहरुको जनसंख्या दश प्रतिसत पनि छैन, जुन दुखद कुरा हो । नेपालमा बुद्धधर्म पछि पर्नुको थुप्रै कारणहरु छन्, ति सबै कारणहरु यहाँ उल्लेख गर्न सकिँदैन । अन्य धर्मलाई बौद्धमार्गिहरुले कहिल्यै पनि सानो ठुलो भनि भेदभाव गरेको पाइँदैन । अनेक आलोचना गर्नु भन्दा पनि बौद्ध धर्म र दर्शनको कसरी जगेर्ना गर्ने र मानव उपयोगी बौद्ध दर्शनलाई कसरी सबैतिर फैलाउने मुख्य कुरा यही हो ।

बुद्धका दर्शन र महाज्ञानहरुलाई आम नेपाली समुदायले बुझ्ने गरी नेपाली भाषामा नसिकाउनु र नपढाउनु नै बौद्ध धर्म पछि पर्नुको मुख्य कारण हो । बौद्ध दर्शन र महाज्ञनहरुलाई नेपाली भाषामा सिकाउने र पढाउने व्यवस्था गरेको भए आज नेपालमा सतप्रतिसत नेपालीहरु बैद्धमार्गि बन्ने थियो । बुद्धका दर्शन र महाज्ञानहरुलाई नेपाली भाषामा नसिकाउने, नपढाउने र लुकाई छिपाई राख्ने गरेकै कारण बुद्ध जन्मेको देश नेपालका नागरिकहरुलाई बौद्धमार्गी हौँ भन्न पनि लाज लाग्ने अवस्थाको सृजना भएको छ ।

लामा नपढेका वा तिब्बती भाषा नजानेका अधिकांश नेपाली नागरिकहरुलाई बौद्ध दर्शनका पञ्चशिल र अष्टशिलको सामान्य सिद्धान्त समेत थाहा हुँदैन भने कसरी बौद्ध दर्शन र धर्मको बिकास हुन्छ ? । लामा नपढेका वा तिब्बती भाषा नजान्ने नेपाली बौद्धमार्गिहरुलाई बौद्ध धर्म र दर्शनको सामान्य ज्ञान मात्र थाहा भएको देखिन्छ । नेपालका बौद्धमार्गिहरुले बौद्ध धर्म र दर्शन अनुसार गरिने जन्म, न्वाराण, बिवाह, मृत्यु संस्कार र सामान्य धार्मिक पुजापाठ मात्रै गर्न जानेका छन् ।बुद्ध धर्मको शास्त्र त्रिपिटक नै नेपाली भाषामा छैन भने आदिवाशी समुदायको भाषामा हुने कुरै भएन । बरु अहिले नेपालका सबै गाउँबस्तीको आदिवाशी समुदायको हातहातमा आदिवाशी समुदायकै भाषामा बाईवल पुगेका छन् र बौद्धमार्गिहरु र बौद्ध धर्म माथि धार्मिक अतिक्रमण भइरहेको छ ।

उमाकुण्ड गाँउपलिका वडा नम्बर ६ झगरेखानी र धर्मगुरु थेन्डुप रिन्पोछेेले बौद्ध गुम्बा, बिहार र स्कुल निर्माण गर्ने घोषणा गर्नु भएकै स्थानमा बौद्ध गुम्बा, बिहार र स्कुल निर्माण भएमा त्यस क्षेत्रमा बौद्ध धर्म र दर्शनको ज्ञान ब्यापक रुपमा फैलने छ । परम पूजनीय धर्मगुरु रिन्पोछेले बौद्ध गुम्बा, बिहार र स्कुलको निर्माण गर्ने घोषणा गर्ने क्रममा योजना सम्पन्न भए पछि गुम्बामा नियमित रुपमा धर्मगुरु र रिन्पोछेहरुबाट बौद्ध धर्म र बौद्ध दर्शनका वारेमा नियमित रुपमा प्रवचनहरु दिइने र धर्म गुरु थेन्डुप रिन्पोछे स्वयम् उपस्थित भएर हरेक ६ महिनामा एक पटक करिब पाँच हजार जनालाई बौद्ध धर्म र दर्शनको बारेमा प्रवचन दिने घोषणा पनि गर्नु भएको छ ।

धर्मगुरु रिन्पोछेले निर्माण गर्नुहुने गुम्बामा बौद्ध दर्शनहरु पढाइनेछन्, बौद्ध दर्शनका महत्वपुर्ण कुराहरु जिवनमा लागु गर्न सिकाइने छन् । बौद्ध धर्म, दर्शन र ज्ञानको आम जिवनमा कस्तो महत्व छ भन्ने कुराहरु बौद्धमार्गिहरुलाई प्रवचनद्वारा सिकाईने छन् र गुम्बामा थुप्रै विद्यार्थीहरुलाई पढाइने छन् । बैद्ध धर्म र दर्शनको विषयमा रामेछापका मात्रै नभएर दोलखा, सोलुखुम्बु र ओखलढुङ्गाका जनताले समेत लाभान्वित हुनेछन् भने भेगिय हिसावले उमाकुण्ड, गोकुलगंगा र लिखु तामाकोशी गाउँपालिकाका बौद्धमार्गिहरु बढी लाभान्वित हुनेछन् ।

बौद्ध धर्म र बुद्धका दर्शनहरुलाई आज विश्वका सबै धर्म र समुदायले अनुशरण गरिरहेका छन् । उहाँका जीवनका दु:ख, रोग, भोक, माया, लोभ, घृणा र तिरस्कार, क्रोध, घमण्ड आदिका बिषयमा दिनु भएका ज्ञानमार्ग र दर्शनहरु, शान्ति र जिवनका माध्यममार्ग मानव समुदायको जीवन र सम्पुर्ण प्राणि जगतको भलाईको लागि हो भन्ने कुरा विश्वका शिक्षित र सभ्य मानव समुदायले वुझिसकेका छन् र विश्वभर दिन दुई गुणा र रात चौ गुणाको दरले बुद्धका अनुयायिहरु बढ्दै गई रहेका छन् । हलिउडका बरिष्ठ कलाकारहरुले समेत बुद्ध धर्म र दर्शनलाई ग्रहण गरि रहेकाछन् । विश्वका कैयौं बौद्धिक र दार्शनिक मानिसहरु बौद्ध धर्म र दर्शन प्रति आकर्षित हुँदै छन् । अमेरिकाको एप्पल कम्पनिका तत्कालिन कार्यकारी निर्देशक एप्पल कम्पनी र आईफोनका पिता स्टिभ जब्सले समेत बौद्ध धर्म र दर्शनलाई ग्रहण गर्नु भएको उदाहरण छ ।

मानव समुदायको सामाजिक र धार्मिक बिषयमा मात्र महत्व नभएर बौद्ध धर्म र दर्शनको महत्व आर्थिक र पर्यटनको बिकाशमा समेत रहेको देखिन्छ । परम पूजनिय छैटौँ निर्माणकाय धर्मगुरु थेन्डुप रिन्पोछेले घोषणा गर्नु भएको उमाकुण्ड गाऊँपालिका वडा नम्बर ६ झगरेखानीमा नै यस आयोजनाको निर्माण कार्य सम्पन्न भयो भने त्यस क्षेत्रको मानव समुदायको दैनिक जीवनमा ठुलै परिवर्तन ल्याउने छ । यस आयोजनाको निर्माण कार्य सम्पन्न भएपछि त्यस क्षेत्रको पर्यटन र रोजगार व्यवासायको बिकाशमा स्वतः बृद्धि हुनेछ । जसले आर्थिक बिकाशका अवसरहरु सिर्जना गर्नेछन् ।

आयोजनाको निर्माण कार्य सम्पन्न भई सकेपछि त्यस क्षेत्रका बौद्ध धर्म र दर्शनका बारेमा पढ्न चहानेहरुले आफ्नै ठाउँमा बसेर बौद्ध धर्म र दर्शनको अध्यायन गर्न पाउनेछन् । बौद्ध गुम्बा, बिहार र शिक्षालय निर्माणको सबै भन्दा महत्त्वपूर्ण बिषय यहीँ हो । यस आयोजनाको निर्माणले त्यस क्षेत्रको मानव सभ्यताको बिकाश र सामाजिक एकतामा बल प्रदान गर्ने छ । मानव समुदायको बिकाश भनेकै उस्को चेतना र बौद्धिकताको बिकाश हो भने यस ठाउँमा यस प्रकारका योजनाहरु सम्पन्न भयो भने मानविय चेतनाको बिकाशमा सकारात्मक प्रभाव पार्ने छ ।

परम पूजनीय छैटौँ निर्माणकाय धर्मगुरु थेन्डुप रिन्पोछेले त्यस क्षेत्रमा निर्माण गर्ने भनि घोषणा गर्नु भएको बौद्ध गुम्बा, बिहार र शिक्षालयको योजना अहिले कुन अवस्थामा अघि बढिरहेको छ । यस बारेमा त्यस क्षेत्रका स्थानिय मानिसहरु बेखर रहेकाछन् । त्यस क्षेत्रका मानिसहरुलाई यतिबेला श्रद्धेय धर्मगुरु थेन्डुप रिन्पोछेले घोषणा गर्नु भएको बौद्ध गुम्बा, बिहार र शिक्षालयको निर्माण हुन्छ कि हुँदैन भन्ने चिन्ता र चासोको बिषय भएको छ । त्यस क्षेत्रमा बौद्ध गुम्बा, बिहार र शिक्षालय निर्माण कार्यको योजनाकार परम पूजनिय धर्मगुरु र सम्बन्धित सबै सरोकारवालाहरु लागि पर्नु भएको कारण त्यस क्षेत्रका जनप्रतिनिधिहरु बैद्ध गुम्बा, बिहार र शिक्षालयको निर्माण हुने कुरामा पूर्ण बिस्वस्त रहेकाछन् ।

करिब चालिस रोपनी क्षेत्रफलमा निर्माण हुने ठुलो योजना भएकोले सजिलो र चाँडो भने पक्कै नहोला तर श्रद्धेय परम पूजनीय छैटौँ निर्माणकाय धर्मगुरु थेन्डुुप रिन्पोछेज्यूको गरिमाको लागि र त्यस क्षेत्रको लाखौँ जनताको मुक्ति र भबिष्यको निम्ती भएपनि प्रस्ताव भइसकेको बौद्ध गुम्बा, बिहार र शिक्षालय निर्माण कार्यको योजना ढिलो चाँडो भएपनि बन्ने निस्चित छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।