लमही–तुलसीपुर सडक चार लेनको बन्दै

दाङ । दाङको लमहीदेखि घोराही हुँदै तुलसीपुर सडक खण्ड चार लेन बनाउने काम शुरू भएको छ । पहिलो चरणअन्तर्गत घोराहीको डिके पेट्रोल पम्पदेखि सर्रा चोक र नारायणपुरको झारबैरादेखि दुधराससम्म र तुलसीपुर क्षेत्रमा बेलझुण्डीदेख हात्तीखौवासम्म काम शुरु भएको हो ।

सडक योजनाका इन्जिनीयर पारसमणि हमालले ढिलै भए पनि काम शुरू भएको बताए । उनले भने, ‘अब काम द्रुत गतिमा हुन्छ ।’ सडकलाई चार लेन बनाउने जिम्मा पाएको भारतीय निर्माण कम्पनी तथ्य इन्जिनीयरिङ एन्ड इन्फ्रा प्रोजेक्ट प्रालि मुम्बई र सडक विस्तार योजना कार्यालयबीच २०७५ पुस १३ गतेदेखि काम शुरू गर्ने सम्झौता भएको थियो ।

तर, सम्झौताको करीब १ वर्षपछि काम शुरू भएको छ । निर्माण कम्पनीले सम्झौताको मितिले ३० महीनाभित्र लमही–घोराही हुँदै तुलसीपुरसम्मको करीब ४९ किलोमिटर सडकलाई विस्तार गरिसक्नुपर्नेछ । निर्माण कम्पनीले रू. १ करोड २१ लाख ८२ हजारमा सडक विस्तारको जिम्मा लिएको छ ।

आवश्यक कच्चापदार्थको परीक्षणमा ढिलाइ हुँदा सम्झौताभन्दा ढिला काम शुरू भएको आयोजनाले बताएको छ । सो सडकखण्ड अन्तर्गत पर्ने घोराही बजार क्षेत्रमा भने दुई लेन मात्रै सडक हुनेछ । सो बजार क्षेत्रमा सडकबीचको डिभाइडरबाट दायाँबायाँ १५÷१५ मिटर फराकिलो भइसकेकाले सो क्षेत्रमा दुई लेन मात्रै बन्नेछ । आजको आर्थिक अभियान दैनिकमा खबर छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।