सरकार हरेक कुरामा नि’यन्त्रण राख्ने प्रयासमा लाग्यो : नेता रिजाल
धनकुटा खबर, ५ पुष । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. मिनेन्द्र रिजालले सरकारले हरेक कुरामा नियन्त्रण राख्ने प्रयासमा लागेको आ रोप लगाएका छन् ।
नेपाल प्रेस यूनियन धनकुटा शाखाले शनिवार विहान गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता रिजालले स्वतन्त्र रहनु पर्ने सम्वैधानीक निकाय देखि लिएर प्रेस लाई समेत नियन्त्रणको प्रयास गरेको बताउँदै सरकारको यस्ता कदमको कांग्रेसले विरोध गर्ने बताएका छन् ।
अहिले द्ध’न्द्धको समयको जस्तो राज्य विहिनताको अवस्था आएको बताउँदै नेता रिजालले राज्य र समाज दुबै बलियो हुनु पर्नेमा राज्य मात्र बलियो भएको धारण राखेका थिए । फरक प्रसंगमा बोल्दै रिजालले पाटी भित्र रहेका विवाद लाई सहमति बाट हल गर्नु पर्ने बताउँदै अहिले पाटीमा देखिएको असहमती लाई नागरीक र कार्यकताले समेत नरुचाएको बताउँदै गुट विचारको हुनु पर्ने मा व्यातिmको गुटले कसै लाई फाईदा नगर्ने बताए ।

संसदको अधिवेशन सुरु भएकोले अब कांग्रेसले संसदमा समेत आफ्नो भुमिका लाई अझ प्रभावकारी बनाउने उनको भनाई थियो । पत्रकार सम्मेलनमा प्रतिनिधी सभाका सदस्य प्रकाश रसाइली , नेपाली कांग्रेस धनकुटाका सभापती अग्नी प्रसाद पौडेल, नेपाल प्रेस यूनियनका केन्द्रिय उपाध्यक्ष बिजयसन्तोषी राई पत्रकार महासंघका उपाध्यक्ष नगेन्द्र राई लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमको अध्यक्षता नेपाल प्रेसयूनियन धनकुटा शाखाकी अध्यक्ष हिमा चेम्जोङ्गको अध्यक्षतामा भएको थियो भने कार्यक्रमा शुभकामना प्रेस यूनियन धनकुटाका उपाध्यक्ष नरेन्द्र राईले राख्नु भएको थियो ।


