रुपेश राईको नेतृत्वमा नेपाल त’रुण दल मि’क्लाजुङ ४ गठन

नेपाल तरुण दल मिक्लाजुङ ४ ले नया नेतृत्व पाएको छ । नेपाल तरुण दल मिक्लाजुङ गाउँ कार्यसमिती द्वारा आयोजित वडा कमिटी गठन कार्यक्रम को सभापतीत्व तरुण दल मिक्लाजुङ का सभापती मनोज सुवेदी ले गर्नु भएको थियो ।

त्यस्तै कार्यक्रमको प्रमुख अतिथी नेपाली काङ्रेस मोरङ क्षेत्र न १ का क्षेत्रीय सभापती एबम उर्लाबारी नगरपालिका का प्रमुख खड्ग फागो रहनुभएको थियो भने बिशिस्ट अतिथीहरु मा नेपाली काङ्रेस मिक्लाजुङ सभापती सेमन्तराज दाहाल लगायत अन्य अतिथी हरु नेपाली काङ्रेस जिल्ला कमिटी सदस्य रङलाल तामाङ, क्षेत्रीय सदस्य पबित्रा पोख्रेल, मिक्लाजुङ काङ्रेस का युवा नेता विशाल राई लगायत को उपस्थिती थियो ।

उक्त वडा कमिटि गठन कार्यक्रम बाट सभापती मा रुपेश राई चयन भएको छ्न भने उपसभापती मा कबिन तामाङ त्य्स्तै सचिव मा महेन्द्र थेगिम, सह सचिव मा अग्नि तामाङ कोषाध्यक्षमा मिना पोख्रेल कुइकेल साथै सदस्य हरु मा प्रमोद राई, सन्तोष लिम्बु , गौरी तामाङ, मालती राइ, शृजना दर्जी, डिल्ली राई, सुमन राई, दिलिप तामाङ चयन भएको छन ।

उक्त कार्यक्रम मा बोल्दै नेपाली काङ्रेस मोरङ क्षेत्र न १ का सभापती खड्ग फागो ले आफू पनि तरुण दल कै वडा कमिटी सदस्य देखि राजनिती को शुरुवात गरेको स्मरण गर्दै गुणस्तरीय र राम्रा कार्यकर्ता नेताहरु तरुण दल बाटै उत्पादन हुनेहुदा सकृय भएर लागि पर्नु पर्ने, समाजमा रहेका बिकृती बिसङ्गती बिरुद्द एक जुट भैइ कम्म्युनिष्ट अधिनायकवाद बिरुद्द उभिन सुझाव दिनु भयो ।

साथै उक्त कार्यक्रम मा बोल्दै गत स्थानिय निर्वाचन मा मिक्लाजुङ ४ का नेपालि काङ्रेसका तर्फ बाट उमेद्वार एबम मिक्लाजुङ काङ्रेस का उदयिमान युवा नेता विशाल राई ले पार्टिको भातृ सङठन हरु चलायमान बनाउदै युवा हरु लाई प्रयोग मात्र नगरी रोजगारीको अवसर समेत सिर्जना गर्नु पर्ने मा जोड दिनु भयो ।

त्य्स्तै नेपाली काङ्रेस मिक्लाजुङ का सभापती सेमन्तराज दाहाल ले नेपाल तरुण दल को गर्विलो ईतिहास स्मरण गर्दै पार्टि को मेरुदण्ड को रुपमा रहेको तरुण दल को सकृयता ले सुनौली बिहानी को इन्कित गरेको बताउनु भयो । र नवनिर्वाचित कार्यसमिती का सभापती रुपेस राई ले आफ्नो नेतृत्व मा रहेको यश वार्ड कार्यसमितिले सबै को सहकार्य र स्म्मन्वय मा काम गर्ने र तरुण दल लाई समयको माग अनुशार परिवर्तित रुप मा अगाडि बढाउन भुमिका निभाउने बताउनु भयो ।

उक्त कार्यक्रम मा क्षेतृय सदस्य पबित्रा पोखरेल , जिल्ला सदस्य रङ्ग लाल तामङ लगायत ले शुभकामना मन्तवय राख्नु भएको थियो । साथै कार्यक्रम समापन गर्दै तरुण दल मिक्लाजुङ का सभापती मनोज सुवेदी ले नया कार्यसमिती लाई बधाई तथा शुभ कामना ब्यक्त गर्नु भयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।