बेइजिङमा ‘भ्र मण वर्ष २०२०’

बेइजिङ । चीनस्थित नेपाली राजदूतावासले ‘भ्रमण वर्ष २०२०’ को प्रवद्र्धनका लागि आज बेइजिङमा एक कार्यक्रमको आयोजना गरेको छ । चीनका लागि नेपाली राजदूत लिलामणि पौड्यालले चिनियाँ नागरिकलाई नेपाल भ्रमण गर्न आग्रह गरे ।

उनले नेपाल पुग्ने पर्यटकले प्रकृति, संस्कृित र साहसिक पर्यटकीय आकर्षणमा आनन्द लिनसक्ने जानकारी दिए । सो अवसरमा राजदूत पौड्यालले चिनियाँ राष्ट्रपति सी चिनफिङले गत अशोजमा नेपाल भ्रमणका क्रममा भ्रमण वर्ष सन् २०२० सफलताका लागि दिनुभएको शुभकामना स्मरण गरे । उनले यस वर्ष आयोजना हुने कार्यक्रमले दुई देशका जनताबीचको सम्बन्ध प्रगाढ बनाउन सघाउने विश्वास व्यक्त गरे ।

बेइजिङ पिपुल्स एशोसिएशन फर फ्रेण्डसिप उइथ फरेन कन्ट्रिजका कार्यकारी उपाध्यक्ष झाङ क्विनले नेपाल चिनियाँ पर्यटकका लागि मनपर्ने गन्तव्य बन्दै गएको बताए । भ्रमण वर्ष सन् २०२० ले बढीभन्दा बढी चिनियाँलाई यहाँको फरक प्राकृतिक र सांस्कृतिक समृद्धि हेर्नका लागि नेपाल घुम्न प्रेरित गर्ने उनले विश्वास व्यक्त गरे । भ्रमण वर्ष सफलताका लागि नेपालको पर्यटन प्रवद्र्धनमा पूर्ण रुपले सहयोग गर्ने उनले प्रतिबद्धता पनि व्यक्त गरे ।

कार्यक्रममा सरकारका प्रतिनिधि, कूटनीतिक क्षेत्र, निजी क्षेत्र र व्यावसायिक क्षेत्र र नेपाली समुदायकोे उपस्थिति थियो । दूतावासले कुमारी नृत्यबाट सहभागीलाई स्वागत गरेको थियो भने उनीहरुलाई नेपाली खाना दिइएको थियो । सो कार्यक्रममा भ्रमण वर्षका बारेमा प्रस्तुती गरिएको दूतावासले जनाएको छ । रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।