मिडिया विधेयक आए गगन थापा मात्रै होइन, नेकपाकै भीम रावलदेखि रामकुमारी झाँ’क्रीसम्म थु’निन्छन (भिडियो सहित)
काठमाडौं । नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघले बिहीबार सरकारले ल्याउन लागेको सूचना तथा प्रविधि कानुनको वि रोध जनाएको छ ।
सूचना तथा प्रविधि विधेयक संसदमा विचारधीन अवस्थामा रहेको छ । संसदीय समितिबाट पारित गरिसकेको सो विधेयक कानुनको रुपमा आए जनताले बोल्नसमेत ड राउनु पर्ने र बोलेकैभरमा जे ल जीवन बिताउन र १५ लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने हुनेछ ।
यसको चौतर्फी वि रोध भइरहेका बेला बिहीबार नेविसंघले माइतीघर मण्डलामा वि रोधको कार्यक्रम गरेको थियो । जसलाई कांग्रेस नेता गगन थापाले पनि सम्बोधन गरे ।

सम्बोधनका क्रममा उनले कांग्रेसका प्रदीप पौडेल, गगन थापा र नेविसंघका कुन्दन काफ्ले मात्रै होइन सत्तारुढ नेकपाकै नेता भीम रावलदेखि रामकुमारी झाँक्रीसमेत जे ल पर्न सक्ने बताए ।
बहुमतको सरकारको जनपक्षीय निर्णय गर्नुपर्नेमा उल्टै जनतालाई बोल्न र आ लोचनासमेत गर्न नदिने गरी कानुन ल्याउन लागेको भन्दै उनलाई सबैलाई स चेत रहन आग्रह गरे ।


