राजेशपायल राईले आस्था राउतलाई भने,- धेरै रु’न्ची नबन अब तिमी ठूली भई सक्यौ

काठमाडौं । पछिल्लो समय चर्चित गायिका आस्था राउत विवादमा परेकी छिन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका सुरक्षाकर्मीले आफूमाथि अ’भद्र व्यवहार गरेको भन्दै बिहीबार गायिका राउतले आ’पत्ति जनाएको भिडियो सार्वजनिक गरेकी थिइन् । उक्त भिडियोका कारण उनी अहिले वि’वादमा परेकी हुन् ।

प्रहरीमाथि अ’पशब्द प्रयोग गरेको भन्दै अहिले सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि आलोचना गरिरहेका छन् । विमानस्थलमा खटिएकी महिला प्रहरी रमिता श्रेष्ठले पनि गायिका राउतविरुद्ध कारबाहीको माग गर्दै उजुरी दिएकी छन् । यस बिषयमा अहिले सामाजिक सञ्जालमा धेरैले बिभिन्न प्रतिक्रिया दिइरहेका छन् । यसैक्रममा चर्चित गायक राजेश पायल राईले पनि गायिका राउतलाई धेरै रु’न्ची बन्न नहुने बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै भनेका छन् – एर्पोर्ट मा साहरुख खान लाई त झन क’ट्टु मै चेक गरेको थियो त्यो उसको अधिकार हो अब रह्यो पुलिस ले कस्तो ब्यबहार गर्‍यो? चेकिङ मा कफी, पानी लान पाइदैन इभन वाल्लेट (मनी ब्यग ) पनि पाइदैन उनि बैनी हुन राम्री गायिका हुन अझ एक रियलिटी सो The Voice कि कोच पनि हुन आफ्नो इज्जत ठाउमा राख्नु पर्छ माया लिनेले घृ’णा पनि सहनु सक्नु पर्छ “तब न हामी कलाकार , उसै त हामी नाथे कलकार “ धेरै रु’न्ची नबन अब तिमी ठुली भइ सक्यौ “ आस्था र एअरपोर्ट मा खटिएका कर्मचारी दुबै सुधृन आबस्यक



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।