राष्ट्रियसभामा नेकपा र राजपा, कांग्रेस निल

काठमाडौं । राष्ट्रियसभा सदस्यको आउँदो फागुनमा रिक्त हुने सबै पद नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा)ले ओगटेका छन् । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस पूर्ण रुपमा बाहिरिएको छ ।

फागुनमा रिक्त हुने १९ मध्ये १८ पदका लागि निर्वाचन भएको हो । एक सदस्य राष्ट्रपतिबाट मनोनित हुने व्यवस्था छ । राष्ट्रियसभामा नेकपा र राजपाले भागवण्डा गरेका सबै पद हात पारेका छन् । नेकपा र राजपाले १६, २ को भागवण्डा गरेका थिए । सत्तारुढ नेकपाका १६ उम्मेदवार विजयी भएका छन् । राजनाले प्रदेश २ मा पाएको २ सिट हात परेको छ ।प्रदेश–१ मा दलित समूहबाट १, महिला समूहबाट १ र अन्य समूहबाट १ गरी ३ सदस्यका लागि निर्वाचन भएको निर्वाचनमा नेकपाका गोपीबहादुर सार्की अछामी, इन्दिरादेवी गौतम देवेन्द्र दाहाल विजयी भएका छन् ।

यस्तै, प्रदेश–२ मा महिला समूहबाट १, अल्पसंख्यक समूहबाट १, दलित १ र अल्पसंख्यक १ गरी ४ सदस्यका लागि निर्वाचन भएको छ । महिला समूहतर्फ नेकपाका तुलसाकुमारी दाहाल र अन्य समूहतर्फ राजपाका मृगेन्द्रकुमार सिंह यादव विजयी हुनु भएको छ ।

यस्तै, दलित समूहतर्फ नेकपाका राधेश्याम पासवान र अल्पसंख्यक समूहतर्फ राजपाका शेखरकुमार सिंह विजयी हुनु भएको छ । बागमती प्रदेशमा महिला समूहबाट १ र अन्य समूहबाट १ सहित २ सदस्यमा नेकपाकी गंगाकुमारी बेल्वासे र वैचारिक नेता डाक्टर वेदुराम भुसाल विजयी हुनु भएको छ ।

गण्डकी प्रदेशमा नेकपाका हेभिवेट नेता नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने विजयी हुनु भएको छ । यहाँ महिला समूह १ र अन्य समूहबाट १ सहित २ सदस्यका लागि निर्वाचन भएको हो ।

प्रदेश ५ मा महिला समूह १, अपांग तथा अल्पसंख्यक समूह १ र अन्य समूह १ गरी ३ सदस्यका लागि निर्वाचन भएको हो । नेकपाकी बिमला घिमिरे, जगप्रसाद शर्मा र गोपाल भट्टराई विजयी हुनु भएको छ । कर्णाली प्रदेशमा अन्य समूहबाट १ र महिला समूहबाट १ गरी दुई सदस्यका लागि भएको निर्वाचनमा नेकपाका सुमित्रा बिसी र मायाप्रसाद शर्मा विजयी हुनु भएको छ ।

सुदूरपश्चिम प्रदेशमा महिला समूहको १ र अन्य समूहको १ गरी दुई सदस्यका लागि भएको निर्वाचनमा नेकपाका शारदादेवी भट्ट र तारामान स्वाँरको मत बढी देखिएको छ । मतगणना जारी रहेकाले नतिजा आउन बाँकी छ । १८ पदमध्ये १६ पदमा उम्मेदवारी दिएको नेकपाले सफलता मात्र पाएको छैन, प्रदेश २ मा राजपासँग सहकार्य गरेर राजपाको दुई उम्मेदवार पनि विजयी भएका छन् । राष्ट्रिय सभाबाट ७ सदस्य बिदा भएको नेपाली कांग्रेसले कुनै प्रदेशमा पनि खाता खोल्न सकेन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।