चुनाव लड्दिन भनेका नारायणकाजीको अन्ततः संसदको ढोका राष्ट्रियसभाले खोल्यो

पोखरा । २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा –२ श्रेष्ठबाट चुनाव लडेका नेकपा नेता नारायणकाजी श्रेष्ठ तत्कालिन नयाँ शक्ति पार्टीका संयोजक अनि आफ्ना पूराना सहयात्री डा. बाबुराम भट्टराईसंग सात हजार मतान्तरले पराजित भए । चुनावमा पराजित भएपछि श्रेष्ठले अब आफू कुनै पनि चुनाव लड्ने बताएका थिए ।

तर भनिन्छ नी राजनीतिमा चाहे जे पनि हुन्छ । र भयो त्यही श्रेष्ठको हकमा पनि । चुनाव लड्दिन भनिएका श्रेष्ठलाई सत्तारुढ नेकपाले राष्ट्रियसभा सदस्यको उम्मेदवार बनायो गण्डकी प्रदेशबाट ।

र विहीवार सम्पन्न निर्वाचनमा श्रेष्ठ ३ हजार ४ सय ६२ मतभार सहित विजयी भए। उनका प्रतिस्पर्धी कांग्रेसका सूर्यप्रसाद रेग्मीले २ हजार २ सय ४० मतभार ल्याए। प्रतिनिधिसभा निर्वाचनमा ७ हजार मतान्तरले पराजित श्रेष्ठ राष्ट्रियसभा निर्वाचनमा भने १ हजार २ सय १८ मतान्तरसहित विजयी भए ।

श्रेष्ठसंगै गण्डकी प्रदेशबाट महिलातर्फ पनि नेकपाकै भगवती न्यौपाने विजयी भएकी छन् । उनले १ हजार २० मतान्तरसहित कांग्रेसकी विमला गौचनलाई पराजित गरिन्। न्यौपानेले ३ हजार ३ सय ६६ मतभार ल्याउँदा गौचनले २ हजार ३ सय ४० मतभार ल्याएको निर्वाचन आयोगले जनाएको छ। गण्डकीबाट राष्ट्रिय सभामा यसअघि निर्वाचित कांग्रेसका सुरेन्द्रराज पाण्डे र बृन्दादेवी आलेको दुई वर्षे कार्यकाल यही फागुन २० गते सकिँदैछ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।