भ्र’ष्टाचार रो’क्ने हो भने पहिला ओली, प्रचण्ड र देउवाको सम्पत्ति छानविन हुनुपर्छ

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीे (नेकपा)को केन्द्रीय कमिटीको बैठक जारी छ । विभिन्न समुहहरु बनाएर छलफल भइरहेको छ । प्रधानमन्त्री ओलीले कार्यक्रममा सम्बोधनको क्रममा नेकपाको सरकार आएपछि भ्र’ष्टाचार कमी आएको दाबी गरिरहँदा केन्द्रीय सदस्यहरूले भने नेताहरूकै सम्पत्ति छानविन गर्नुपर्ने माग राखेका छन् । नेकपाको नेताहरूले नै थोरै समयमै धेरै सम्पत्ति जोडेको हुनाले त्यस्तो सम्पत्तिमाथि छानविन गर्नुपर्ने केन्द्रीय सदस्य सुरेशकुमार राईले माग गरेका छन् ।

अ’वैध काममा समेत नेताहरुको सं’लग्नता भएको आ’रोप लाग्ने गरेको हुनाले त्यस्तो क्रियाकलाप रोक्नको लागि भए पनि नेताहरुको सम्पत्ति छानविन गर्नुपर्ने उनको धारणा छ । उनले भने, ‘प्रधानमन्त्री ज्यू भ्र’ष्टाचार रो’क्ने हो भने पहिला तपाई, क. प्रचण्ड र प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको सम्पतिमाथि छानविन हुनपर्यो ।

नेकपा प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले प्रतिवेदन पेश गर्दै पार्टी नेतृत्वदेखि सरकारसम्मको सोचेअनुरुप कुनै काम गर्न नसकेको प्रष्टाए। प्रधानमन्त्री र सरकारका मन्त्रीहरुले विकास निर्माणबारे बोलेको कुरा कार्यान्वयनमा ल्याउनन नसकेको भन्दै शाहा नेतृत्वमाथि खनिएका थिए ।

संघीयतापछि तीन तहको सरकार निर्माण भए पनि जनताले सोचअनुरुप कुनै काम गर्न नसकको केन्द्रीय सदस्य कमला रोकाले बताइन् । बैठकका बोल्ने क्रममा तीन तहको सरकार निर्माणपछि जनताले थप दुख पाएको औँल्याइन्। स्थानीय सरकार निर्माण भएपछि पालिकास्तरबाटै झन् ठूलो भ्र’ष्टाचार निम्तिएको उनको भनाइ छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।