केन्द्रीय सदस्यहरुको सवालमा संयुक्त जवाफ दिने ओली-दाहालको यस्तो तयारी

काठमाडौं, १९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा आज नेतृत्वले जवाफ दिने कार्यक्रम छ । यसको लागि अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले तयारी गरिसकेका छन् ।

केन्द्रीय सदस्यहरुले समूहगत रुपमा उठाएका सवालमा जवाफ दिनको लागि सचिवालयले तयारी गरिसकेको छ । आज विहानै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सचिवालय बैठक बसेर यस्तो तयारी गरेको छ । आइतवार अपराह्न १ बजे बस्ने केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वयले जवाफ दिने कार्यक्रम रहेको छ ।

बैठकमा सरकार र पार्टीको आलोचना भएकोले सो आलोचनालाई मत्थर पार्ने अध्यक्षद्धयको योजना छ । बैठकमा सदस्यहरुले एमसिसी, सिमा विवाद, सरकारले काम गर्न नसकेको, भ्रष्टाचार बढेको, नेताहरु विलाषी बनेका लगायतका विषयहरु उठाएका छन् । त्यही भएर अध्यक्षद्वय ओली र दाहालले ती आलोचना र विरोधका स्वरलाई एकमतले जवाफ दिने रणनीति बनाएका छन् ।

माघ १५ गते शुरू भएको केन्द्रीय कमिटी बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले लामो सम्बोधन गरेका थिए । उनको सम्बोधन चल्दै गर्दा शीर्ष नेताहरु भने मस्त निद्रामा परेका थिए । बैठकमा नेताहरु सुतेको भिडियो फुटेज नै प्राईम टाईम्स टेलिभिजनले प्रशारण गरेपछि बैठक अवधिभर ती नेताहरुको बारेमा चर्चा भएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।