पार्टीले गियर बदल्यो, अब दौडिन्छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी अब दौडिने बताएका छन् । नेकपाको केन्द्रीय कमिटीको पूर्ण बैठक सकेको पर्सिपल्ट पोखरा आएका उनले पार्टीले गियर बदलेकाले अब दौडिने बताएका हुन् ।

नेकपा कार्यकर्तासँगको भेटघाटका क्रममा उनले बैठकले पार्टीलाई एकढिक्का बनाएकोसमेत बताए । ‘हामीले जस्तो योजना बनाएका थियौं, बैठक त्यस्तै भयो,’ उनले भने, ‘केन्द्रीय कमिटीको बैठकले पार्टी अभूतपूर्व एकताको सन्देश दियो, बैठकको यो महत्वपूर्ण उपलब्धि हो ।’

बैठक अन्तिमसम्म आइपुग्दा को पूर्व र को पश्चिम भन्नेसम्म बिर्सिएको प्रचण्डले दोहोर्याए । मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी)बारे थप स्पष्ट हुन बनाइएको कार्यदलमा पूर्वमाओवादी केन्द्रबाट एकजना पनि सदस्य नपरेपछि भएको खासखुसप्रति अध्यक्ष प्रचण्डले ‘ए हो त, मैले पनि यो कुरामा त ख्यालै गरेको रहेनछु,’ भन्ने जवाफ दिएकोबारे मंगलबारको कार्यकर्ता भेटघाटमा चर्चा भएको थियो ।

सोही प्रसंग कोट्याउँदै प्रचण्डले भने, ‘बैठक अन्तिमसम्म पुग्दा को पूर्व भन्ने नै बिर्सिइएछ, यो हुनैपर्ने थियो, भयो र राम्रो भयो ।’ ‘बैठकपछि पार्टी ठिक ट्र्याकमा आएको छ,’ ‘उनले भने, ‘पार्टीले बाटो पक्डियो, गियरसमेत बदलिसकेको छ, अब पार्टी दौडिन्छ ।’ यो समाचार आजको नागरिक दैनिकमा सन्देश श्रेष्ठले लेखेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।