मिटर ब्या जी श्रेष्ठ प्र हरी नि यन्त्रणमा

बाल बिक्रम कार्की,रौतहट। रौतहट प्रहरीले ठगी गरेको आरोपमा चन्द्रपुर निवासी चिना श्रेष्ठलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले श्रेष्ठलाई पक्राउ गरेर गौर लगेको छ ।

अर्का आरोपित नम्रता लामा भने फरार रहेको प्रहरीले जनाएको छ । उनको खोजी जारी रहेको र चाँडै पक्राउ गर्ने एसपी खड्काले बताउनुभयो ।

पीडितहरुको उजुरीको आधारमा श्रेष्ठलाई पक्राउ गरिएको बताउँदै खड्काले फरार लामालाई पनि खोजी गरिहेको र चाँडै पक्राउ गर्ने जानकारी दिनुभयो । पक्राउ परेकी श्रेष्ठलाई मुलुकी अपराध संहिता २०७४ अन्र्तगत मुद्धा चलाएर अनुसन्धान गरिने खड्काले बताउनुभयो ।

‘श्रेष्ठ र लामाका कृयाकलापहरु सिधैँ ठगी अन्र्तगत देखिएको छ’ खड्काले भन्नुभयो, ‘ उनीहरुलाई त्यसकै आधारमा अनुसन्धान अगाडि बढाउँछौँ । ठगी गर्ने कोही पनि उम्कन पाउँदैनन् ।’ प्रहरीले उनीहरुको सम्पतिको श्रोत, उनीहरुले गरेका कागजातहरु, पीडितहरुको कुरा लगायतका पक्षहरुबाट छानविन गर्ने तयारी गरिरहेको बताइएको छ ।

चन्द्रपुर निवासी चिना श्रेष्ठ, नम्रता लामाले महिलाहरुलाई पटक-पटक गरेर रकम सापटी दिने र सापटीको रकम दुई–चार लाख पुगेपछि दबाब दिएर धेरै रकमको कपाली कागज गराएको पीडितहरुले महिलाहरुको आरोप रहेको छ ।

आफूहरुले घरायसी कामको लागि समस्या परेको बेला चिना श्रेष्ठ, नम्रता लामासँग पैसा सापटी लिएर लिएको रकम तिरेपनि अहिले नतिरेको भन्दै जिल्ला अदालत रौतहट गौरमा विभिन्न व्यक्तिहरु विरुद्ध उनीहरुले मुद्धा हालेका छन् ।

उनीहरुले डर, त्रास, दवाव अनि झुक्याएर परेर आफुले लिएको भन्दा बढी रकमको कपाली कागजमा सही गराएको अहिले आफूले लिएको भन्दा बढी रकम तिरिसक्दा पनि कागज बराबरको रकम समयमा नतिरेको भन्दै उनीहरुले विरुद्ध मुद्धा पीडितहरु बताउँछन् ।

त्यति मात्र नभइ उनीहरुमाथि पीडितहरुलाई दवावमा पारेर खाली चेक लिने र सो चेकमा आफूखुसी रकम भरेर चेक वाउन्सको मुद्धा पनि दर्ता गर्ने गरेको आरोप पनि छ ।

पीडितहरु चन्द्रपुर–५ निवासी बोध कुमारी गिरी, चन्द्रपुर-४ की डिल्ली कुमारी कार्की, चन्द्रपुर ४ कै ६७ वर्षीया क्यान्सर पीडित सासु रेलिमाया बस्नेत, चन्द्रपुर–२ का मुक्ति चौधरी, चन्द्रपुर-६ निवासी गीता कुमारी राई र सोही ठाउँकी सीता कुश्वारको बारेमा न्यूज २४ को लोकप्रिय कार्यक्रम ‘सीधाकुरा जनतासँग’को २०७६ माघ २ गतेको कार्यक्रममा रिर्पोट बजेको थियो । सो रिर्पोट बजेपछि यस बारेमा स्थानीय प्रशासन एवम् प्रहरीले विशेष चासो देखाएको थियो ।

के छ कानूनी व्यवस्था ?

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ मा ठगी सम्बन्धमा यस्तो व्यवस्था गरिएको छ । सो परिच्छेदको दफा २४९ को उपदफा १ मा कसैलाई ठगी गर्न वा गराउन पाइदैन् भनिएको छ भने उपदफा २ मा कसैले कसैलाई कुनै कुराको विश्वास दिलाएकोमा सो बमोजिम नगरी वा फकाई, झुक्याई वा अन्य कुनै किसिमले धोका दिई कुनै काम गरी वा गर्नबाट रोकी त्यस्तो व्यक्ति वा अन्य कसैलाई बेइमानीपूर्वक कुनै किसिमको हानि, नोक्सानी वा क्षति पुर्याएमा वा आफ्नो वा अरु कसैको लागि कुनै लाभ प्राप्त गरेमा निजले ठगी गरेको मानिनेछ भनिएको छ ।

सो ऐनमा भ्रष्टाचार हुनेमा बाहेक नेपाल सरकार वा नेपाल सरकारकोे पूर्ण वा अधिकांश स्वामित्व वा नियन्त्रणमा भएको कुनै संस्थालाई ठगी गरेमा दश वर्षसम्म कैद र एक लाख रुपैयाँँसम्म जरिबाना, आफनो नाम, दर्जा, पदवी, योग्यता ढाँटी ठगी गरेमा पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँँसम्म जरिबाना भने यस बाहेक अन्य कुनै किसिमले ठगी गरेमा सात वर्षसम्म कैद र सत्तरी हजार रुपैयाँँसम्म जरिवाना गरिने व्यवस्था गरिएको छ ।

त्यस्तै सोही ऐनमा बालबालिका, होस ठेगानमा नरहेको व्यक्ति, असहाय, निरक्षर वा पचहत्तर वर्ष माथिको व्यक्तिलाई ठगी गरेकोमासजायमा थप एक वर्षसम्म कैद सजायको हुने भनिएको छ ।-न्यूज२४नेपाल

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।