गच्छदारको पक्षमा सडकमा उत्रियो काँग्रेस
काठमाडौं । बालुवाटारस्थित ललिता निवास क्याम्प क्षेत्रको जग्गा विक्री प्रक रणमा भ्रष्टाचार मु द्दा लागेका उपसभापति विजयकुमार गच्छदारको बचाउमा सडकदेखि संसदसम्म कांग्रेस एकसाथ उत्रिएको छ।
कांग्रेसले शुक्रबार दिउँसो एक बजे गच्छदारको बचाउमा राजधानीको माइतीघर मण्डलमा प्रद र्शन गरेको छ। माइतीघरमा विरो धमा उत्रिएका कांग्रेसका नेता कार्यकर्ताले बालुवाटारको जग्गा विक्रीको निर्णय गर्ने पूर्व प्रधानमन्त्री र खरिद गरी लालपूर्जा बोकेर हिँड्ने नेकपाका नेताहरुलाई कारवाही नभएको भन्दै चर्को नारा बाजी गरे।

माइतीघरमा कांग्रेसको एउटा समूह उत्रिएको आधा घण्टापछि प्रतिनिधिसभामा त्यही नारा लाग्यो । दिउँसो १ बजेर २५ मिनेटमा सुरु भएको प्रतिनिधि सभाको बैठकमा कांग्रेसका सांसद मिनबहादुर विश्वकर्माले आफ्ना नेता गच्छदारलाई सरकारको निर्देशनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निय तवश फ साएको भन्दै आ क्रोश व्यक्त गरे।


