विप्लव स,मूहका इन्चार्ज उगेन नेकपामा प्रवेश, प्रचण्डले गरे स्वागत
ललितपुर । विप्लव स मुहका मोरङ जिल्ला इन्चार्ज उदय राई (उगेन) नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्। आज बिहान अध्यक्ष निवास खुमलटारमा उलाई अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गरे ।
सो अवसरमा अध्यक्षले देशको समृद्धि र विकासको नि,र्विकल्प पार्टी नेकपा भएकाले देशभक्त, राष्ट्रवादी र प्रगतिशील शक्तिहरुको मूलप्रवाहमा समाहित भई राष्ट्र निर्माणमा जुट्नु पर्ने बताए ।
नवप्रवेशी राईले नेकपा विप्लव नेतृत्वको पार्टीले गरेको अ,राजक गतिवि,धिहरु प्रतिगामी, यथास्थितिवादी शक्ति र प्रवृत्तिलाई मलजल गर्ने भएको बताउँदै समृद्ध र समानतासहितको वैज्ञानिक समाजवादी व्यवस्थाको आधार खडा गर्दै जानु अहिलेको महत्वपूर्ण र ऐतिहासिक आवश्यकता भएकाले सो समुह परित्या,ग गरेको बताए ।
उनले विप्लव नेतृत्वको नेकपाको भ्र,ममा परेर रहेका सम्पूर्ण इमान्दार र क्रा,न्तिकारी साथीहरुलाई अहिलेको आवश्यकतालाई बोध गरी मुलधार नेकपामा आउन आह्वान र आग्रह पनि गरे ।


