गच्छदारलाई लगाइएकाे मु,द्दाकाे राजनीतिक र कानुनी रुपमा सामना गर्छाैँ – काङ्ग्रेस

काठमाण्डाै । नेपाली काङ्ग्रेसले उपसभापति विजयकुमार गच्छदारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको मु,द्दामाथि राजनीतिक र कानुनी रुपमा सामना गर्ने भएको छ ।

नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको सोमबार बसेको बैठकमा उपसभापति गच्छदारलाई लागेको मु,द्दामाथि राजनीतिक र कानुनी दुवै ढङ्गले सामना गर्ने विषयमा छलफल भएको काङ्ग्रेस प्रवक्ता विश्वप्रकास शर्माले जानकारी दिनुभयो ।

उहाँले बलुवाटारकाे ललिता निवासको जग्गा प्र,करणमा अख्तियार सरकारको छायाँ बनेको काङ्ग्रेसले निष्कर्ष निकालेकाे बताउनुभयो । उहाँले भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार मन्त्रिपरिषदबाट भएको नीतिगत निर्णयमा मन्त्रीलाई तान्न नमिल्ने भएकाले काङ्ग्रेसले राजनीतिक रुपमा समेत सामना गर्ने बताउनुभयो ।

उहाँले संसद्का सन्दर्भमा नेपाली काङ्ग्रेस संसदीय दलले नै निर्णय लिने र यसमा बैठकले कुनै निर्देशन नदिएको समेत बताउनुभयो । प्रवक्ता शर्माले संसदीय दलले आवश्यकताअनुसार मङ्गलबार निर्णय गर्ने समेत जानकारी दिनुभयो ।

त्यस्तै बैठकले फागुन ३ गते सरकार गठन भएको दुई वर्ष पूरा हुने र यो अवधिमा सरकारले जनविरोधी विधेयकहरु ल्याएको, प्रतिशोधपूर्ण व्यवहार गरेको, शान्ति सुरक्षाको स्थिति खस्केको र भ्रष्टाचारका विषयलाई कारबाही गर्ने नाउँमा उन्मुक्ति दिँदै संस्थागत ढङ्गले संरक्षण गरेको निष्कर्ष निकालेको प्रवक्ता शर्माले बताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।