मु,द्दा लाग्दैमा गच्छदार सकियो भन्ने नठान्नुहोला, गच्छदार कहिल्यै सकिँदैन
काठमाडौं । कांग्रेस उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारले बालुवाटार जग्गा प्र,करणमा मुद्दा नलागोस् भनेर आफूले अधिकतम प्रयास गर्दा पनि असफल भएको खुलाएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गर्नुअघि आफूले गरेको कसरतबारे गच्छदारले सोमबार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा दुई घन्टा ब्रिफिङ गरेका खबर आजको नयाँ पत्रिका दैनिकमा रमेश सापकोटाले लेखेका छन्।
‘अख्तियारबाट मु,द्दा नलागोस् भनेर मैले राष्ट्रपति भेटेँ, प्रधानमन्त्री भेटेँ, नेकपाका अध्यक्ष प्रचण्डलाई भेटेँ, माधवकुमार नेपालसँग पनि कुरा भयो, सुवास नेम्बाङलाई पनि भनेँ, हाम्रै पार्टीका सभापतिसँग लगातार छलफल भयो, सभापति मार्फत पनि उच्च राजनीतिक नेतृत्वमा संवाद गराएँ, तै पनि मु,द्दाबाट बच्न सकिएन। राजनीतिक पूर्वाग्रह राखेर मु,द्दा लगाइयो, यो कांग्रेसमाथिको आ,क्रमण हो,’ गच्छेदारले भने।
बैठकमा सभापति शेरबहादुर देउवाले सुरुमै गच्छदारलाई बोल्न एक घन्टा सयम दिएका थिए। एक घन्टा सयम दिइए पनि गच्छदारले दुई घन्टा बोलेका थिए। गच्छदार बोलिरहँदा सबै केन्द्रीय सदस्यले ध्यानपूर्वक सुने, उनीप्रति धेरैको सहानुभूति पनि देखियो। गच्छदारले खुमबहादुर खड्काको प्रसंग उठाउँदै भने, ‘मु,द्दा लाग्दैमा गच्छदार सकियो भन्ने नठान्नुहोला, गच्छदार कहिल्यै सकिँदैन।’


