प्रधानमन्त्रीको सम्बोधनपछि देउवाले भने,- यो सरकारले २ वर्षमा २ वटा पनि राम्रो काम गर्न सकेन
काठमाडौं, ३ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले यो दुई वर्षमा दुई वटा पनि राम्रो काम गर्न नसकेको आ,रोप लगाएका छन् । सरकारको दुई वर्ष पुगेको उपलक्ष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सम्बोधनपछि मिडियाकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै सभापति देउवाले यस्तो टिप्पणी गरेका हुन् ।
त्यस्तै, समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि प्रधानमन्त्री ओलीमा ओलीमा दम्भ, घ,मण्ड र अ,हमता देखिएको टिप्पणी गरे । उनले भने,‘लोकतन्त्रमा प्रतिपक्षीलाई सुन्नुपर्छ । तर, प्रधानमन्त्री ओलीले लोकतान्त्रिक संस्कारमाथि प्र,हार गर्नुभयो । उहाँको दुई वर्षै कार्यकालको फे,हरिस्तमा द,म्भ र अ,हंकारसमात्रै देखियो । गर्न नसकेको कुरा यति गर्न सकिएन भन्नुपर्दथ्यो, तर उहाँले त पत्रकारलाई पनि आ,क्रामण गर्नुभयो ।’
राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले पनि वर्तमान सरकारले कुनैपनि राम्रो काम गर्न नसकेको आ,रोप लगाए । उनले संविधान सर्वस्विकार्य भयो भनेर संसदमा गरेको सम्बोधनमा आ,पत्ति जनाए । उनले भने,‘यस्तो भन्नु भनेको संविधान सं,कटमा पर्छ । देश अद्योगतितर्फ गयो । उहाँले भाषणमात्रै गर्नुभयो ।’


