ग रिबलाई स हयोग गर्नु नै धनी हुनु हो – बिल गेट्सको चर्चित भनाइहरु

एजेन्सी । बिल गेट्स त्यो नाम हो जब हामी कम्प्युटरको बारे सोच्छौं तव उनलाई सम्झिन्छौ। उनलाई कम्प्युटरको पिता मानिन्छ। उनी माइक्रोसफ्ट, विश्वको सब भन्दा ठूलो कम्प्यूटर सफ्टवेयर कम्पनीको मालिक हुन । गेट्स एक सफल उद्यमी, लगानीकर्ता, समाजसेवी, कम्प्यूटर प्रोग्रामर र आविष्कारक हुन । उनले आफ्नो सबै आविष्कारहरू र जीवनको हरेक क्षेत्रमा कम्प्युटरको प्रयोगको कल्पना गर्न एक दूरदर्शी दृष्टिकोणको साथ कम्प्युटरलाई घरेलू उत्पादनमा रूपान्तरण गरे। यहाँ तपाईंलाई उत्प्रेरित गर्न बिल गेट्सका केहि प्रेरणादायी भनाइहरू छन्।

१. सफलता एक घटिया शिक्षक हो जसले एक स्मार्ट व्यक्तिलाई यो सिकाउँछ कि उसलाई कसैले हराउन सक्दैन ।
यो बिल गेट्स ले भनेको चर्चित भनाइ हो ।बिल गेट्स ले ठिक भनेका छन् कि सफलताले मान्छेलाई घमण्डी बनाउछ जव मानिस सफल हुन्छ तव उसले आफुलाई सबै भन्दा शक्तिशाली सोच्न थाल्छ र अन्तत यहि सोच र घमण्डले मान्छेलाई बर्बाद गरि दिन्छ ।

२. आफूलाई यस संसारको कुनै अरु व्यक्ति संग तुलना नगर्नुहोस् । यदि तपाईंले त्यसो गर्नुहुन्छ भने, तपाईं आफैले अपमान गरिरहनु भएको छ।
सबैजना अद्वितीय छन्, र आफु आफु हुनुमा गर्व हुनुपर्छ। सफल हुनु व्यक्तिपरक कुरा हो। जिन्दगीमा सफल हुने बारे होइन जीवनसँग खुशी हुनु बारे सोच्नु महत्वपूर्ण छ ।

३. तपाइँको सबैभन्दा दुःखी ग्राहक तपाइँ लाइ पाठ सिक्ने सब भन्दा ठूलो स्रोत हो।
दुखि ग्राहकले तपाईलाई परिवर्तन को महत्व सिकाउँछन् । दुखी ग्राहकहरूको समूहले परिवर्तनको आवश्यकतालाई जनाउँछ जुन जिन्दगि सुधारको लागि सहयोगी हुन्छ ।

४. जीवन सजिलो छैन – यस्तै जिन्दगीको बानि पार !
जीवन अरुले तयार पारि दिएर प्रयोग गर्न रेडि भएको सामान जस्तो हुदैन जो सजिलै प्रयोग गर्न सकिन्छ । जीवन दुख कस्ट र समस्याले भरिएको हुन्छ ,जीवनबाट असन्तुष्ट हुनुको सट्टा यसलाई स्वीकार गर्न उत्तम हुन्छ।

५. धैर्यता नै सफलताको एक महत्वपूर्ण तत्व हो।
सफल हुनको लागि, सबैमा धैर्य हुनुपर्दछ, किनकि अवसर कुनै सूचना बिना नै आउने गर्छ ।सफलता एकचोटिको प्रयासमा आउँछ भन्ने कुनै ग्यारेन्टी हुन्न र जवसम्म सफलता प्राप्त हुन्न तवसम्म निरन्तर प्रयास र धैर्यता राख्नु जरुरि छ ।

६. सफलताको उत्सव मनाउ ठिक छ, तर असफलताले सिकाएको पाठलाई ध्यान दिनु त्यो भन्दा नि महत्त्वपूर्ण हुन्छ।

७ . ठूलो जित हासिल गर्न, तिमीले कहिलेकाँही ठूलो जोखिम उठाउनु पर्दछ।

८ . म कडा काम गर्न अल्छी मान्छे रोज्छु । किनकि अल्छी मान्छेले यसो गर्ने सजिलो तरीका खोज्न सक्छ ।

९ . यदि तिमीलाइ तिम्रो शिक्षक कठोर लाग्छ भने मालिकको प्रतीक्षा गर ।

१० . दुनियाँले तपाइको आत्मबिश्वासको कुनै मतलब गर्दैन बस तिमीले काम पुरा गरेउ गरेनौ यसको मतलब गर्छ ।

११ . आफ्नो गल्तिको दोष अरुलाइ नदिनुहोस बरु गल्तिबाट केहि सिक्नुहोस ।

१२. तिमी जन्मिनु पहिले तिम्रा मातापिता त्यति बोरिङ्ग थिएनन जति अहिले छन् ,तिम्रो हरेक कुराको बिल तिर्दा, तिम्रो कुरा सुन्दा तिम्रो माग पुरा गर्दा उनीहरु बोरिङ्ग भएका हुन् त्यसैले उनीहरुको सम्मान गर ।

१३ . हाम्रो ब्यवहार परिवर्तनमा धेरै पैसा लुकेर बसेको छ ।

१४ . ति व्यक्ति महान परोपकारी हुन् जो बलिदान गर्न पछि पर्दैनन् ।

१५. गरिबलाई सहयोग गर्नु नै धनी हुनु हो ।

१६ . पैतृक सम्पतिमा घमण्ड गर्नु मुर्खता हो किनकि त्यो तपाइको आफ्नो कमाइ होइन ।

१७ . म त्यहि गर्न मन पराउछु जे गर्दा मलाइ आनन्द आउँछ ।

१८ . यदि आशा सत्य हो भनेर बिश्वास गरियो भने आशा पहिलो श्रेणीको सत्य हो ,काम गर्दा आशावादी हुनु आवश्यक छ ।

१९ . हामी चरम गरिबी र रोग समाधान गर्न सक्दैनौं ,संसार बिग्रँदैछ भन्ने विश्वास केवल गलत छैन, यो हानिकारक छ।

२०. गरिव भएर जन्मिनु तिम्रो दोष होइन तर गरिव भएर मर्नु तिम्रो दोष हो ।

२१. गरिबमा लगानी गरेर भविष्य दिगो बनाउन सकिन्छ गरिवलाई दुख दिएर होइन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।