काँग्रेस सबैरुपमा नालायक पार्टी हो – वरिष्ठ नेता नेपाल

काठमाडौँ, ७ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सबैरुपमा ना,लायक बनेकाले उसबाट विकास र समृद्धि सम्भव नभएको दा,वी गर्नुभएको छ ।

मंगलबार नेकपा कर्णाली प्रदेशको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले अब नेकपाबाट मात्रै विकास र समृद्धि सम्भव रहेको दावी गर्दै उहाँले भन्नुभयो, ‘ नेपाली काँग्रेस भनेको सबैरुपमा ना,लायक पार्टी हो । यो पार्टीले केही गर्न सक्ने अवस्था छैन । अब आशा नेकपासँग मात्रै छ ।’

कम्युनिष्टहरु देशभक्त र स्वाभिमानी हुनुपर्नेमा जोड दिँदै त्या,ग, त,प,स्या र ब,लिदा,न कम्युनिष्ट पार्टीले बि,र्सन नहुने उल्लेख गर्दै उहाँले कम्युनिस्ट कमिटी प्रणालीमा चल्नुपर्ने र व्यक्ति केन्दीत हुन नुहुने बताउनुभयो ।

कतिपयमा नेताको प्रशंशा र वरिपरी घुमेर फाइदा लुट्ने च,रित्र देखिएको भन्दै उहाँले त्यसले पार्टीको हित हुन नसक्ने धारणा समेत राख्नुभयो । पार्टी र सरकारले जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिँदै नेता नेताले पार्टी विधि र पद्धतिमा चल्नुपर्नेमा जोड दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।