सरकारले मुलुकको चारै दिशामा विकासका मुलहरु फु,टाएको छ – सांसद बस्नेत
कांग्रेस हावाले भरिएको वेलुन जस्तै हो, कसैले फु,टाउनु पर्दैन, आफैँ फु,ट्छ
काभ्रे, १० फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस हावाले भरिएको बेलुन तथा घ,मण्डले भरिएको मान्छे जस्तै भएकाले कांग्रेसको वेलुनलाई कसैले फु,टाइरहनु नपर्ने, जुन आफै फु,ट्ने बताउनुभएको छ ।
आज नमोवुद्ध नगरपालिका वडा नं. ९ मा ग्याल्बो ल्होछार कार्यक्रममा बोल्दै मुलुक समृद्धिको बाटोमा तिव्र गतिमा अघि बढिरहेको बताउँदै उहाँले कांग्रेसलाई एजेण्डा विहिन भएकाले भिरबाट ल,डेको मान्छे जस्तो जे भेट्यो त्यही स,मात्ने गरेको बताउनुभयो । वर्तमान नेकपाको सरकारले मुलुकको चारै दिशामा विकासका मुलहरु फु,टाएको उल्लेख गर्दै कांग्रेसले आफ्नो अस्थित्वलाई स्थापीत गर्न सरकारसँग सहकार्य गरि अघि बढ्न आग्रह गर्नुभयो ।
अनावश्यक मुद्धालाई उठाई कांग्रेसले आफ्नो विगतको साख समेत गुमाउँदै गएको बताउँदै उहाँले झुटको खेती नगर्न समेत कांग्रेसलाई सचेत गराउनुभयो । उहाँले मुलुकको समृद्धि कुनै एक पार्टीको नभई समग्र मुलुक तथा जनताको भएकाले कांग्रेसले वर्तमान सरकारले गरेको कामलाई नआत्ती साथ र सहयोग गर्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘मुलुकले काँचुली फेर्दैछ । यसमा साथ दिनु कांग्रेसको पनि दायीत्व हो । सरकारले विकास र समृद्धिको साथमा भ्रष्टाचार तथा सुशासन स्थापना गर्न थालेको छ । कांग्रेसले मेरो वा तेरो भनेर आत्तीनु पर्दैन । कानुनभन्दा माथि कोही छैन । कानुनी राज्यको आभास हुने र जनतालाई महशुस गराउने गरी सरकारले काम गर्छ ।’
समर्थक र सभेच्छुकहरुले कुनै पनि राजनीतिक घ,टनाक्रमबाट नआ,त्तीन आग्रह गर्दै राजनीतिक गर्ने व्यक्तिलाई कहिले काँही ब,दनाम गराउने उद्देश्यले समेत केही घ,टनाहरु आइरहने बताउनुभयो । जुनसुकै घ,टनाक्रमको समाधान गर्ने कानुनी निकाय रहेको उल्लेख गर्दै उहाँले स्वतन्त्र निकाले वास्तविकता छानविन गरी कसैलाई काखा, कसैलाई पाखा भन्ने नहुने स्पष्ट पार्नुभयो ।
अविकसित मुलुकलाई अमेरिकी सरकारले गर्ने सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) राष्ट्रको हितमा रही पास हुने बताउँदै उहाँले एमसीसीका केही बुँदाहरु संशोधन गरी संसदबाट पास हुने स्पष्ट पार्नुभयो । वि,रोधको नाममा वि,रोध गर्नुको कुनै औचित्य नभएको बताउँदै उहाँले मुलुकको हितको लागि कसैले सहयोग गर्छ भने उक्त सहयोग स्वीकार्नु पर्ने बताउनुभयो ।


