ढं ग पुर्‍याउन स किएन भने केही गर्न स किँदैन : प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सन्तुलित छिमेक नीति नेपालको समृद्धिको आधार भएको बताएका छन्। दुई ढुंगाबीचको तरुल भनेर नकारात्मक ढंगले भन्दा छिमेकीहरु बीचको स’म्बन्ध सन्तुलित बनाएर समृद्धि हासिल गर्न सकिने उनले बताए। समृद्धिका लागि सन्तुलित, प्रभावकारी र उचित छिमेक सम्बन्ध र वैदेशिक सम्बन्ध विकास गर्न आवश्यक रहेको उनले बताए।

दुबै छिमेकी देशहरुका राजनीतिक, आर्थिक र सामाजिक प्रवृतिमा भिन्न भए पनि सम्बन्धमा सन्तुलन राख्न सकिने प्रधानमन्त्री ओलीले उल्लेख गरे। ‘देशको यो स्थिति, यो आकारलाई नकारात्मक ढंगले बुझ्ने र त्यसैलाई दोष लगाएर बस्ने, दुई ठूला ढुंगाबीचको सानो तरुल भनेर, फैलिन पाउँदैन होला। फैलिन परेको छैन। यसैमा समृद्धि बनाएर हुन्छ नी। हामी दुई ढुंगाको बिचमा छौँ भने फैलिन नपाउने होला तर यहि समृद्धि हासिल गर्न सकिन्छ।

त्यसका लागि हामीले सन्तुलित, प्रभावकारी र उचित प्रकारको छिमेक सम्बन्ध र वैदेशिक सम्बन्ध विकास गर्न आवश्यक छ’, उनले भने। प्रधानमन्त्री ओलीले थपे, ‘सूर्य, चन्द्रमा र पृथ्वी पनि आफ्नो सन्तुलनमा घुमेका छन्। सूर्यका वरिपरि घुम्ने नौं ग्रहलाई डोरीले झुण्ड्याएको छैन। यो दुनिया धर्ति र प्रकृति नै सन्तुलनमा छ। हामीले संसारको सबै सन्तुलन गर्नुपरेको छैन। दुईवटा छिमेकी मिलाउने हो।

यो पनि ठूलो कुरा हो र? पारस्परिक सम्मान र लाभका आधारमा जान सक्छौँ।’ प्रधानमन्त्री ओलीले अस्वस्थ प्रतिस्पधालाई हटाएर अगाडी बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको समेत बताएका छन्। अरुलाई आफूभन्दा निच देखाएर ठूलो हुन नकिने बताउँदै उनले भने, ‘अर्काको कापी च्यातेर आफू अगाडि हुने होइन। यसको भन्दा राम्रो लेखेर बढी नम्बर ल्याउने विद्यार्थीले उन्नती गर्छ।

अरुको विगारेर आफु सप्रिने होइन। अरुलाई पनि सप्रिन मद्दत गर्ने र आफु पनि सप्रिने बाटो हामीले लिनुपर्छ।’ देशमा विकासका सबल सम्भावनाहरु रहेको उल्लेख गर्दै उनले जस्तोसुकै संकट आए पनि नडगमगाउने अर्थतन्त्र निर्माण गर्न सकिने बताए। प्रधानमन्त्री ओलीले अहिलेको सरकारले एकदिनमा लगभग ६ किलोमिटर बाटो कालोपत्रे गरिरहेको बताए। दुई वर्षमा साढे तीन सय पुल निर्माण भएको, उर्जा उत्पादनमा असाधारण तिव्रताका साथ वृद्धि भएको र बचतमा पनि वृद्धि भएको उनले बताए।

शनिबार आफ्नो ‘भिजन टु एक्सन’ पुस्तक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले जनता सार्वभौम हुने र जनता नै निर्णायक भएको लोकतान्त्रिक प्रणाली देशमा कायम रहेको बताए । जनता भन्दा माथि कोही नहुने उल्लेख गर्दै ओलीले सार्वभौम भए पछि ढंग पु¥याउन सकिएन भने केही गर्न नसकिने बताए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।