गोकुल बाँस्कोटालाई तत्काल ब र्खास्त गर्न नेकपा सदस्यकै मा ग

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई तत्काल मन्त्री पदबाट बर्खास्त गर्न नेकपाकै सदस्यहरूले माग गरेका छन् ।

नोट, राहदानी, चेकबुक र वायोमेट्रिक कागजातलगायतको एकीकृत छपाइका लागि सरकारले राख्न लागेको राष्ट्रिय सुरक्षण छपाइ प्लान्ट (सेक्युरिटी प्रेस) खरिदमा बाँस्कोटाले ७० करोड कमिसन मागेको अडियो नै बाहिरिएकाले अध्ययन गर्न र यसबारे विस्तृतमा बुझ्नतिर लाग्ने भन्दा पनि बर्खास्त नै गर्न माग गरेका हुन् ।

“अडियोमा उहाँको आवाज प्रस्ट सुनिन्छ । आवाजमा उहाँले कमिसन नै माग्नु भएको छ । यस्तो गम्भीर, पदीय आचरण विपरीतको कामलाई कारवाहीको विषय बनाइनुपर्छ । कुनै हालतमा क्षम्य हुँदैन,” नेकपा एक स्थायी कमिटी सदस्यले बाह्रखरीसँग भने ।

सरकारका मन्त्री नै भ्रष्टाचारमा निर्लिप्त हुँदा, हाकाहाकी कमिसन माग्नु दःखद् भएको बताउँदै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल एक्सन लिन पनि माग गरे ।

नेकपाकै स्थायी कमिटी सदस्य मणि थापाले अडियो प्रकरणबारे तत्काल छानबिन हुनुपर्ने धारणा राखे ।

“अडियो सार्वजनिक भइसकेकाले नेतृत्व तहमा यसबारेमा कुराकानी भइरहेको होला । मैले खासै बुझ्न पाएको छैन,” उनले बाह्रखरीसँग भने, “यस्ता घटनाले पार्टीभित्र दूरगामी प्रभाव पार्छन् । नकारात्मक प्रभाव पार्छन् । छानिबन गर्नुपर्छ । सत्यतथ्य बाहिर ल्याउनुपर्छ । दोषी ठहरिए कारवाही गर्नुपर्छ,” उनले भने ।
यस्ता प्रकृतिका कान्डले जनतामा नैराश्यता र पार्टीप्रति अविश्वास बढ्ने उनी बताउँछन् ।

नेकपा केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले व्यक्तिका कारण, पार्टी र सिंगो कम्युनिस्ट आन्दोलन बदनाम हुनबाट नेतृत्वले बचाउनुपर्ने धारणा राखे ।

व्यक्तिले गरेको बदमासी पार्टीले संस्थागत ढंगले गरेझैं प्रचार हुने भएकाले यसबाट जोगिन पार्टीले सचेत गराउनुपर्ने बताए ।

“हामी राजनीतिक संस्कारको विकास त्यो ढंगले भइसकेको छैन । व्यक्तिका बदमासीमा पार्टी संलग्न भएको हुँदैन, प्रचारचाहिँ पार्टीले नै संस्थागत तवरले गरेझैं प्रचार हुन्छ । अतः जिम्मेवारीलाई उत्तरदायी र नैतिकवान् बनाउनुपर्छ । सार्वजनिक पदमा बस्ने त झन् नैतिकवान् हुनुपर्छ,” उनले भने ।
प्रश्न उठ्नेबित्तिकै पार्टीले राजीनामा गराइहाल्ने भन्दा व्यक्तिलाई नैतिकवान् बनाउन जोड दिनुपर्ने उनको राय थियो ।

नेकपा नेतृ नवीना लामाले बाँस्कोटाको चरित्र हत्याको प्रयास भएको बताएकी छिन् । अन्तर्राष्ट्रिय ठेकेदारहरूले सामूहिक षड्यन्त्र गरेको उनको दाबी छ ।

“केवल अडियोको आधारमा कसैको चरित्र हत्याको प्रयास गरिनु वान्छनीय हँुदैन । खाएको विष लाग्छ, नखाएको विष लाग्दैन । यो सरकार विरोधी शक्ति, केही पुँजीपति व्यापारिक घराना र अन्तर्राष्ट्रिय ठेकेदारहरूको सामूहिक षड्यन्त्र हो । सत्य–तथ्य बाहिर आउछ, तबसम्म धैर्य गरौं,” उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।

केन्द्रीय सदस्य नीरज आचार्यले प्रश्न उठेकाले मन्त्री बाँस्कोटाले तत्काल जवाफ दिनुपर्ने बताएका छन् । पार्टी अभियानको सिलसिलामा सुर्खेत रहेका उनले बाह्रखरीसँग कुरा गर्दै भने, “यसबारे नेतृत्व तहमा छलफल भइरहेको होला । आफ्ना बारेमा जवाफ उठेकाले नैतिकताका आधारमा प्रस्ट पार्नुपर्छ । पार्टी पनि निर्णय लिनुपर्छ ।”

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।