वामदेवलाई प्रधानमन्त्री बनाउन संविधान सं शोधनको त यारी, माधव नेपाल ने तृत्वमा कार्यदल गठन

काठमाडौं । राष्ट्रियसभाबाट पनि प्रधानमन्त्री बन्ने बाटो खोल्न सत्तारुढ दल नेकपाले संविधान संशोधनका लागि कार्यदल बनाएको छ । शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले पूर्वप्रधानमन्त्री एवं नेकपा वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा संविधान संविधान संशोधन सम्बन्धी कार्यदल बनाएको छ ।

नेकपा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्ने र त्यहीबाट भावी प्रधानमन्त्री बनाउने छलफल नेकपाभित्र चलिरहेको छ। केही महिनाअघि गौतम निवास भैसेपाटीमा भएको नेकपाको गुटभेलाले राष्ट्रिय सभाबाट पनि प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधनको निर्णय गरेको थियो । गौतमलाई भावी प्रधानमन्त्री बनाउन नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दौडधुप थालेका छन् ।

गौतमलाई प्रधानमन्त्री बनाउन संविधान संशोधनको तयारी गरिएको छ । नेकपा सचिवालयले बनाएको कार्यदलको संयोजक वरिष्ठ नेता माधवकुमार नेपाल छन् भने सदस्यमा नेकपा संसदीय दलका नेता सुवास नेम्वाङ र खिमलाल देवकोटा सदस्य रहेका छन् । संवि धान संशोधनको गृहकार्य गर्न कार्यदल बनाइएको हो ।

राजपा नेपालका केही माग सम्वोधन गर्ने र गौतम लाई राष्ट्रिय सभाबाट प्रधानमन्त्री बनाउने गरी कार्यदलले काम गर्ने भएको छ । राष्ट्रिय सभामा गौतमलाई लिएर भावी प्रधानमन्त्री बनाउने बिषयमा नेकपा अध्यक्ष दाहालले शनिवार राष्ट्रपति विद्यादेवी भण्डारीसँग छल फल गरेका छन् । राष्ट्रपति भण्डारीले पनि ग्रिन सिग्नल दिएपछि संविधान संशोधनको तयारी थालिएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।