ओलीको कु र्सीमा ब स्‍ने नै तिकता छै न : गगन थापा

दाङ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री गगन कुमार थापाले प्रधानमन्त्री केपी ओलीको कुर्सीमा बस्ने नैतिकता हराइ सकेको बताएका छन् । गिरिजा प्रसाद कोइराला फाउण्डेशनले दाङमा आयोजना गरेको ‘कोइरालाको शान्ति प्रक्रिया स्थापनामा योगदान’ विषय कार्यक्रममा सोमबार गगन थापाले यस्तो बताएका हुन् ।उनले वर्तमान सरकार र मन्त्रीको दैनिक जसो सार्वजनिक हुने काण्डले प्रधान्मन्त्रीको कुर्सीमा बस्ने नैतिकता हराएको टिप्पनी गरे ।

‘कति काण्ड उहाँसँगै छन्, कति अरूसँग भए’ उनले भने ‘यसले पनि ओलीको पदमा बस्ने नैतिकता देखिँदैन ।’ उनले विभिन्न काण्डले प्रधानमन्त्री कुर्सीमा बस्ने राजनीतिक र नैतिक कुनै आधार नरहेको बताए। ‘आफ्नै भान्सा भित्रको सदस्यको काण्डहरू प्रधान मन्त्रीले थाहा नपाउनु र ढाकछोप गरेर राख्नुले उनी राजनीतिक र नैतिक हिसावले विफल भइसके’, उनले भने, ‘एउटा, दुईवटा मात्रै हैन यहाँ त दैनिक नयाँ-नयाँ काण्ड मच्चिरहेका छन् ।

४-५ दिनकै हेरौँ गोकुल काण्ड, बामदेव काण्ड, संविधान काण्ड, केक काण्ड यसले सबै प्रष्ट पारेको छ।’ थापाले बहुमतको सरकारले संविधान रक्षा गरेर संविधानको कार्यान्वयनमा लाग्नुको साटो संविधानलाई कमजोर बनाउने दृष्टता गरेको बताए । सरकारले संवि धान नै संकटमा पर्ने गरी गतिविधि सञ्चालन गरेको उनको भनाइ छ । अब संविधानको रक्षा ठूलो चुनौति भएको बताउँदै उनले भने, ‘अहिले सरकार कुनै पार्टीले चलाएको छैन, दुई जना व्यक्तीले सरकार चलाइरहेका छन्।

लोभ र डरले सत्ता चलाउँदा संविधान नै संकटमा परेको छ ।’संविधान जोगाउनु पर्ने चुनौति भएको र यसका लागि कांग्रेस चनाखो हुनु पर्ने बताउँदै उनले भने, ‘संसदमा पेश भएका सबै कानून पास भए संविधान गयो भनेर बुझ्दा पनि हुन्छ । अहिले जनता तर्सा उने र सत्ता लम्भ्याउने काम भइरहेको छ ।’शान्ति निर्माण र अन्तरिक संविधानमा गिरिजाप्रसाद कोइरालाले बनाएका आधार र जगलाई बलियो बनाउनुको साटो बहुमतको सरकारले सिध्याउन लागेको समेत आरोप उनले लगाए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।