एमसिसीमा अनावश्यक भ्र,म र आश,ङ्का सिर्जना गरियो – कमल थापा

सुर्खेत, १२ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) कार्यान्वयनमा सत्तारूढ दलले अनावश्यक कि,चलो गरेको बताएका छन् । पार्टीको निर्वाचन अभिमुखीकरण भेलाका लागि सुर्खेत आएका उनले आज पत्रकार भेटघाटमा सत्तारूढ दल नेकपाका नेताहरूबीचको आपसी झ,गडाका कारण एमसिसीमा अनावश्यक भ्र,म र आश,ङ्का सिर्जना गरिएको आ,रोप लगाए ।

अध्यक्ष थापाले एमसिसी सम्झौता हस्ताक्षरमा आफ्नो पार्टीको भूमिका भने न्यून रहेको बताए । तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईदेखि वर्तमान प्रधानमन्त्री केपी ओली शर्मासम्मका सबै प्रधानमन्त्री र अर्थमन्त्रीहरु जिम्मेवार रहेको उनको भनाइ छ ।

उनले एमसिसीमा नेकपाले द्वै,ध चरित्र देखाएको आ,रोप लगाए । “एमसिसी अहिलेको अवस्थासम्म आइपुग्नलाई काँगे्रस, तत्कालीन एमाले र माओवादी पार्टी उत्तिकै जिम्मेवार छन्, उनीहरुले सम्झौताको खाका तयार गरे, सम्झौता पनि उनीहरुले नै गरेको हो”, पूर्वगृह तथा परराष्ट्रमन्त्रीसमेत रहेका अध्यक्ष थापाले भने, “अहिले नेकपाभित्रको झ,गडाले यसबारे विभिन्न भ्र,महरु पैदा गरिएको छ, धेरै बहस र चर्चाको विषय बनाइएको छ ।”

उनले एमसिसीलाई अन्तिम रूप दिने काम तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहालकै पालामा भएको प्रस्ट पारे । एमसिसीलाई अनावश्यक बहसमा ल्याएर नेकपाले अस्थिर र अ,राजक मनस्थिति प्रदर्शन गरेको बताउँदै उनले भने, “एमसिसीका केही प्राविधिक विषयलाई परिमार्जन गरेर राष्ट्र हितमा लागू गर्नुको विकल्प छैन ।”

अध्यक्ष थापाले नेकपाले राष्ट्रियसभा सदस्यलाई प्रधानमन्त्री बनाउन सकिने गरी संविधान संशोधनको गृहकार्य थालेको विषयलाई ‘कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ जस्तै भएको बताए । उनले भने, “यदि संविधान संशोधन गर्ने नै भए राजसंस्थासहितको हिन्दू राष्ट्र हुनुपर्ने जनताको चाहनालाई सम्बोधन गरौँ, यो हाम्रो पार्टीको मात्र नभई ८० प्रतिशत जनताको चाहना हो ।” उनले वर्तमान सरकारले भ्र,ष्टाचार, महँगी, का,लोबजारी र विदेशी प्रभाव रोक्न नसकेको टिप्पणी गरे ।

त्यस्तै राप्रपा (संयुक्त) सँग पार्टी एकताका लागि ढोका खुलै रहेको उनले बताए । अध्यक्ष थापाले नेकपा र काँगे्रस सिद्धान्तविहीन भएकाले राप्रपा आफ्नो नेतृत्वमा बलियो राष्ट्रवादी शक्ति निर्माण गर्ने अभियानमा जुटेको धारणा राखे । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।