प्रधानमन्त्री ओलीको स,त्ता उ,न्माद देखेर आम नागरिक नि,राश – मिनेन्द्र रिजाल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले प्रधानमन्त्री ओलीको स,त्ता उ,न्माद देखेर आम नागरिक नि,राश भएको बताएका छन् । मंगलबारको प्रतिनिधिसभाको बैठकको सुरुमै बोल्दै नेता रिजालले जन्मदिनमा ओलीले देखाएको स,त्ता उ,न्मादले जनतालाई नि,राश बनाएको टिप्पणी गरेका हुन् ।

उनले बैठकमा बोल्दै नेता रिजालले कांग्रेसको तर्फबाट प्रधानमन्त्री ओलीलाई जन्मदिनको शुभकामना समेत दिएका थिए । शुभकामनासँगसँगै नेता रिजालले जन्मदिनमा गरेको ता,मझाम देखेर जनता आ,श्चर्यमा परेको बताउँदै ओलीलाई कुन लोकमा हुनुहुन्छ भनेर प्रश्न गरे ।

नेता रिजालले प्रधानमन्त्रीको रमिता देखेर उनलाई उनको पु,ख्र्यौली थलोले चिन्न समेत सकेन होला भन्दै भने, ‘घरलाई लाग्यो होला, आफ्नो खड्गप्रसाद यो होइन, नयाँ महाराजाको सवारी भएछ । यती होल्डिङको पैसा र हेलिकप्टरले पुर्‍याएको त्यो केक देख्दा त्यो घरले अपमानित महसुस गर्‍यो होला ।’

प्रधानमन्त्रीले जन्मदिनमा चार हजार बृद्धबृद्धालाई सारी र कोट बाँडेको आफूले सुनेको रिजालले बताए । उनले भने, ‘पहिले आफ्नो जन्मदिनमा केटाकेटीलाई मिठाई बाँडेर चित्त बुझाउनुपर्ने राजा महाराजालाई पनि इ,र्ष्या लाग्यो होला प्रधानमन्त्रीज्यू ।’

‘हिजो राजनीति गर्ने भए श्रीपेच फुकालेर आउ भन्थे मदन भण्डारी । आज थरिथरीका श्रीपेच लगाएका कम्युनिस्ट आत्मजन मित्रलाई के भन्दै होलान मदन भण्डारी’

कांग्रेस सांसद रिजालले भ्र,ष्टाचार गर्दिन र गर्न पनि दिन्न भन्ने प्रधानमन्त्रीको दा,बीलाई निवर्तमान सञ्चारमन्त्रीको अडियो प्रकरणले गि,ज्याएको बताए । धेरैको अविश्वास रहेको तर शं,काको ला,भ दिन तयार रहेको भन्दै उनले, ‘संसदमा वि,श्वासमा लिनुस्, भ्र,ष्टाचारका यस्ता घ,टना हुदैन भनेर विश्वास दिलाउनुस् ।’ द नेपालटपबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।