प्रधानमन्त्री पहिले मा.क्सवादी, बीचमा समाजवादी आजभोलि यतीवादी देखिए – गगन थापा

काठमाडौं, १३ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले पहिले पहिले मा,क्र्सवादी देखिने प्रधानमन्त्री केपी शर्मा ओली आजभोलि यतीवादी देखिएको गम्भिर आ,रोप लगाएका छन् ।

मंगलबारको प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै सांसद थापाले यस्तो गम्भिर आ,रोप लगाएका हुन् । उनले भने, ‘पहिले पहिले मा,क्सवादी, बीचमा स,माजवादी आजभोलि यताबाट उताबाट हेरेपनि यतीवादी देखिनु भएको छ।’

थापाले गोकुल प्रसाद बाँस्कोटाको ७० करोडको क,मिशनको अडियो प्रकरणबारे प्रधानमन्त्री ओलीले संसदमा जवाफ दिनुपर्ने माग गरे । उनले सञ्चारमन्त्रीको विषयमा प्रधानमन्त्रीलाई थाहा नभए के थाहा छ भन्दै क,डा प्रश्न गरे। उनले भने,‘प्रधानमन्त्रीले भ्र,ष्टाचारीको अनुहार हेर्दिन भन्नु भएको थियो। बालुवाटारमा ऐना छ कि छैन?’

उनले प्रधानमन्त्री ओलीलाई पार्टीभित्रकै राष्ट्रवादीले तह लगाइदिएको पनि टिप्पणी गरेका छन्। उनले भने,‘एमसिसीमा नेकपाभित्रकै खाँटी राष्ट्रबादीले तपाईंलाई तह लगाइदिएका छन्। एक व्यक्तिलाई प्रधानमन्त्री बनाउने गरी संविधान संशोधन गर्ने कार्यदल बनाउने कुरामा तपाईं जसरी क,मजोर देखिनुभयो, यो देखेपछि तपाईंलाई बाहिर के भन्दैछन् थाहा छरु देखिँदाखेरि सुरो यथार्थमा विचरो भन्दैछन् ।’

सांसद थापाले प्रधानमन्त्री अ‍ोलीले राजसी ठाँटका साथ जन्मदिन मनाएको गु,नासो पोखे । उनले भने,‘उहाँले जन्मदिन पनि राजसी ढाँ,टमा मनाउनुभयो, पूर्वराजा ज्ञानेन्द्र शाहको झल्को मेटाइदिनुभयो, तपाईले राजसी ठाँटका साथ मनाएको जन्मदिनबारे नागरिक के भन्दैछन् थाहा छ प्रधानमन्त्रीज्यू ?, २०६१ सालमा ज्ञानेन्द्र शाहले देखाएकै जस्तो झल्को मे,टाइदिनुभयो भन्दैछन्।’ भ्र,ष्टाचारलगायतका एकपछि अर्को का,ण्डबारे प्रधानमन्त्रीले थाह नपाएजस्तो गर्नु पा,प हुने थापाको भनाइ छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।