काठमाडौंमा रातभर व र्षा, आज पानी कता-कता पर्छ?
काठमाडौं, फागुन १४ । अहिले (बुधबार बिहान) देशको पूर्वी क्षेत्रमा पानी परिरहेको छ। यस्तै पश्चिम पहाडका पनि एक/दुई स्थानमा हल्का वर्षा भइरहेको मौसमविद्ले बताएका छन्।
पश्चिम पहाडमा भने वर्षा कम हुँदै गएको र केहीबरेपछि रोकिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी ’
‘तर नेपालको पूर्वी क्षेत्रमा भने आज दिनभर नै मौसम डिस्टर्ब हुने देखिन्छ,’ बुधबार बिहान नेपालखबरसँग उनले भने, ‘पानी बीच-बीचमा रोकिने, फेरि पर्ने भइरहन्छ।’
पूर्वी क्षेत्रमा राति पनि मौसमी अवस्था यस्तै रहने उनले बताए। ‘साँझदेखि भने पश्चिम र मध्य तराईका एक/दुई स्थानमा हल्का वर्षाको सम्भवाना छ,‘ उनले भने।
काठमाडौंमा रातभर वर्षा
काठमाडौं उपत्यकामा मंगलबार रातभर पानी परेको छ।
तर सिमसिम पानी परेकाले बुधबार बिहान साढे ५ बजेको मापनअनुसार काठमाडौंमा जम्मा ५.६ मिलिमिटर मात्र वर्षा भएको छ।
‘यो भनेको हल्का वर्षा मात्र हो,’ मौसमविद् समीर श्रेष्ठले भने।
केही बेरअघि मात्र यहाँ वर्षा रोकिएको छ। अब उपत्यकाको मौसम खुल्दै जाने उनले बताए। तर साँझतिर फेरि पानी पर्ने उनको अनुमान छ।-नेपाल खबरबाट


