आफूलाई पार्टीवाट नि,काल्न बामदेवको आ,ग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को आज बसेको सचिवालय बैठकमा उपाध्यक्ष बामदेव गौतमले आफूलाई पार्टीवाट नि,काल्न आग्रह गरेका छन् । उपाध्यक्ष गौतमले हरेक पटक आफ्नो विषय आउनासाथ पार्टीमा वि,वाद हुने गरेको बताए गौतमले भने, ‘सँधै मेरो वि,रुद्ध खेल किन ? कि मलाई पार्टीबाट निकाल्नुस्, होइन भने खेल ब,न्द गर्नुस् ।’

गौतमले संबिधान संशोधन गरेर राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने प्रस्ताव राख्दै आएका छन् । तर संविधान संसोधनको कार्यदलका संयोजक पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता माधवकुमार नेपालले कार्यदललाई अगाडी नबढाउने बताएका छन् । त्यस लगत्तै वामदेवको प्रधानमन्त्री बन्ने सपना अ,धुरो भएको छ ।

आज बसेको बैठकमा प्रधानमन्त्री ओलीले गौतमलाई राष्ट्रियसभामा लैजाने योजना सुनाएका थिए त्यसपछि अध्यक्ष पुष्पकमल दाहालले पनि गौतमलाई लैजानको लागि सहमति गर्दै भने, ‘संविधान संसोधनको कार्यदल बनाउने समझदारी बाहिर नलैजाने भन्ने थियो तर गयो ।’ दाहालले यसरी कार्यदल बनाउने समझदारी बाहिरिएर नराम्रो प्र,भाव परेको बताए ।

गौतमलाई प्रधानमन्त्रीले राष्ट्रियसभा सदस्य नबनाउने संकेत देखिएपछि गौतमले प्रधानमन्त्री ओलीलाई पार्टीबाट निकाल्नुस् भन्दै ध,म्की दिएका हुन् । प्रधानमन्त्री ओली भने अर्थमन्त्री युवराज खतिवडालाई नै सदस्य बनाउने योजनामा रहेका थिए । उक्त योजनालाई दाहाल र नेपालले साथ नदिएपछि प्रधानमन्त्री ओली त,नाबमा परेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।