बाँस्कोटाको दा’बी : त्यो मेरो अडियो नै हो ईन, क्या रिकेचर गरिएको हो

काठमाडौं : ७० क’रोडको क’मिशन डिलको अडियो बाहिर आएपछि मन्त्रीबाट राजीनामा दिएका गोकुल प्रसाद बाँस्कोटाले भने उक्त अडियो आफ्नो नभएको दा’बी गर्दै आएका छन्। उक्त अडियो बाहिरिएको दिन उनी सुदुरपश्चिममा थिए । त्यतिवेला पनि उनले उक्त अडियो आफ्नो नभएको र ७ वटा जोडेर बनाएको होला भनेर हतारिएको प्रतिक्रिया दिएका थिए ।

तर, तीन घण्टा नबित्दै उनले काठमाडौं आउनेबित्तिकै पदबाट राजीनामा दिएका थिए। उक्त प्रकरणलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीसमेतको नाम भ्रष्टाचारमा मुछिएको छ। कतिसम्म प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले त संसदमा प्रधानमन्त्री ओलीले जवाफ दिनुपर्ने माग गरेको छ । प्रधानमन्त्रीको विश्वासपात्रले यस्तो कमिशनको डिल गर्दा प्रधानमन्त्रीलाई थाहा भएको कांग्रेसको दाबी छ ।

यदि थाहा नहुनु भनेको पनि पाप हो भन्दै उसले यो प्रकरणलाई लिएर प्रधानमन्त्रीले जतिसक्दो चाँडो जवाफको माग गरेको छ । आफ्नै पार्टी भित्रबाट पनि यो प्रकरणलाई लिएर प्रधानमन्त्री ओलीविरुद्ध मोर्चाबन्दी भएको छ । खासगमा उक्त अडियो विजय प्रकाश मिश्रले बाहिर ल्याएका हुन् । उनले आफूले उक्त अडियो प्रधानमन्त्रीलाई नदिएको बताएका छन् ।

पत्रकार ऋषि धमलासँगको टिभी अन्तर्वार्तामा उनले आफूले प्रधानमन्त्री ओलीलाई नभेटेको र अडियो पनि नदिएको दाबी गरेका छन् । तर, केही दिनअघिमात्रै उनले दुई महिना अघि नै प्रधानमन्त्रीकहाँ उक्त अडियो पुर्याएको समाचार जोडतोडले छापिएको थियो । यो सँगै प्रधानमन्त्री ओलीपनि यो प्रकरणमा मुछिन पुगेका हुन् । यता, मन्त्रीबाट हात धुनु परेका बाँस्कोटा भने त्यो अडियो आफ्नो नभएको दाबी गर्दैछन् ।

स्रोतका अनुसार उनले आफूनिकट नेता तथा कार्य कर्ताहरुसँगको कुराकानीमा उक्त अडियो आफ्नो नभएको र क्यारिकेचेर गरेर बनाईयो दाबी गरेका छन्। नेकपाका कतिपय शीर्ष नेताहरुले पनि उनलाई फसाईएको चर्चा गर्न थालेका छन् । यो प्रकरण अख्तियारले छानबिन गर्ने भैसकेको छ । अडियो बाहिर ल्याउने मिश्रलाई पनि पक्राउ गरेर कारबाही गर्न प्रहरी प्रशासनलाई पत्राचार भैसकेको छ ।

प्रधानमन्त्री ओलीसँगको भेटवार्तामापनि उनले उक्त अडियो आफ्नो नभएको दाबी गरेका थिए । तर, उनको विषयमा प्रश्न उठेपछि तत्काल राजीनामा दिनको लागि प्रधानमन्त्रीले निर्देशन दिएका थिए। बाँस्कोटा अहिलेपनि प्रधानमन्त्री ओलीको भक्तपुर बालकोट स्थित् निजी निवासमा बसिरहेका छन् । मन्त्री हुँदापनि उनी त्यही घरमा बस्दै आएका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।