वामदेव जत्तिको नेता प्रधानमन्त्री बन्नुपर्छ – युवराज ज्ञवाली
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी स्थायी कमिटि सदस्य युवराज ज्ञवाली पार्टी नीति र पद्धतिअनुसार चल्नुपर्ने पक्षमा छन् । पार्टीको निर्णय अनुसार प्र्र्रधानमन्त्री केपी शर्मा ओली चल्नुपर्ने उनको धारणा छ । पछिल्लो समय नेकपाभित्र वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने विषयले विवाद चर्किइरहँदा ज्ञवालीसँग ऋषि धमलाले गरेको कुराकानीमा वामदेब जत्तिको मान्छे प्रधानमन्त्री बन्नुपर्ने धारणा राखेका छन ।
वामदेव गौतमलाई राष्ट्रियसभाको सांसद् बनाएर प्रधानमन्त्री बनाउन खोज्नृ भएको हो ? भन्ने प्रश्नको जबाफ दिँदै ज्ञवालीले भनेका छन- उहाँलाई प्रधानमन्त्री बनाउन लागेको होइन । राष्ट्रियसभाको सांसद् प्रधानमन्त्री बन्न पाउने अधिकार संविधानमा छैन । हामीले संविधानमा जे व्यवस्था छ, त्यसैअनुसार अगाडि बढ्नुपर्छ । वामदेवजी प्रधानमन्त्री हुन नपाउने भन्ने छैन । त्यसको लागि अब तीन वर्षपछि चुनाव हुन्छ । त्यसमा चुनाव ल,ड्नुपर्छ, र जि,त्नु पनि पर्छ । त्यसपछि उहाँ जत्तिको मान्छे प्रधानमन्त्री नहुने भन्ने छैन । उहाँसरहका चारजना प्रधानमन्त्री भइसक्नुभएको छ । अरु पनि त्यत्तिको हैसियत राख्ने हुनुहुन्छ ।
त्यसकारण संविधानमा जे व्यवस्था छ, हामीले त्यो अनुसार चल्नुपर्छ । तर, एउटा व्यक्तिविशेषको लागि संविधान संशोधन गर्नुपर्छ भन्ने होइन । आवश्यक पर्दा त्यो संसद्को कुरा हो । त्यो हिजो बनाउने राजनीतिक पार्टीहरु बसेर कहाँनेर कमजोरी भएछ भनेर छलफल गर्ने हो ।


