मलाई २ वर्ष मात्रै प्रधानमन्त्री ब,नाए १० वर्षमा चीनलाई उ,छिन्छौं – बामदेव गौतम

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका संगठन विभाग प्रमुख वामदेव गौतमले आफुलाई प्रधानमन्त्री दिए दुई वर्ष मै समाजवाद ल्या,उने बताएका छन् ।

आइतबार ‘विश्व व्यवस्था र चीन स् नेपालमा समाजवादको सम्भाव्यता’ विषयमा काठमाडौंमा आयोजित कार्यशालामा बोल्दै नेता गौतमले अबको ५ वर्षमै नेपालमा समाजवाद आउन सक्ने दा,बी गर्दै आफुलाई २ वर्ष प्रधानमन्त्री बन्‍न दिएमा झन् छिटो समाजवाद ल्या,इदिने जि,किर गरेका हुन् ।

काठमाडौंमा आयोजित कार्यक्रममा राजनीतिक विश्लेषक डाक्टर खगेन्द्र प्रसाईंले प्रस्तुत गरेको कार्यपत्रमा टि,प्पणी गर्दै उनले भने, ‘मलाई दुई वर्ष मात्रै प्रधानमन्त्री ब,नाए झन् छिटो ५ वर्षमा नेपालमा समाजवाद आउँछ । १० वर्षमा समृद्धि र विकासमा चीनलाई उ,छिन्छौ । त्यो ग्या,रेन्टी नेकपालले लिनु पर्छ । नेपालमा समाजवाद अ,वश्यम्भावी छ ।’

नेता गौतमले आफ्नो पार्टीको दस्तावेजमा अ,सहमति यथावत रहेको जि,किर गरे । ‘नेकपाको दस्तावेजमा उल्लिखित जनताको जनवादमा र विधानमा अ,सहमति छ’ उनले भने । नेपालमा समाजवाद हवाई कल्पना मात्रै नभएको उनको जि,किर थियो । उनले यसो भन्दा कार्यक्रममा अन्य टिप्पणीकर्ता र सहभागीहरु हाँसेका थिए । पछिल्लो समय समृद्धि र विकासका उ,डन्ते कुरा गरेर नेता गौतम हाँसोको पात्र बनिरहेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖