को रोना : भारतले जापानबाट उ द्धार गरेको नेपाली काठमाडौं कपनकी

काठमाडौं, फागुन १६ । यात्रुमा कोरोना सं क्रमण फैलिएपछि जापानको योकोहामा रोकिएको पानीजहाजबाट भारत सरकारले आफ्ना नागरिकसँगै उ द्धार गरेको नेपाली काठमाडौंकी महिला भएको खुलेको छ।

भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासका अनुसार उनी काठमाडौं कपनकी अम्बिका बस्नेत हुन्। बस्नेत जहाजमा क्रु मेम्बरका रूपमा कार्यरत थिइन्।

जापानको टोकियो नजिकैको योकोहामा बन्दरगाहमा राखिएको डाइमन्ड प्रिन्सेस पानीजहाजमा कोरोना सं क्रमण फैलिएपछि भारत सरकारले बिहीबार आफ्ना ११९ नागरिकलाई उ द्धार गरेर भारत ल्याएको छ।

त्यस क्रममा भारत सरकारले एक नेपालीसहित श्रीलंका, दक्षिण अफ्रिका र पेरुलगायत अन्य देशका ५ नागरिकलाई सँगै भारत ल्याएको हो। अहिले उनीहरूलाई हरियाणाको मनसेरास्थित क्वारेन्टाइनमा राखिएको छ।

नयाँदिल्लीस्थित नेपाली दूतावासका हरि ओडारीले उनीहरूसहित बस्नेत पनि १४ दिनका लागि क्वारेन्टाइनमै रहने बताएका छन्।

क्वारेन्टाइन अवधिमा दुईपटक स्वा स्थ्य प रीक्षण गरिने र उनमा कोरोनाभा इरस नरहेको पुष्टि भएपछि मात्र नेपाल पठाइने नेपाली दूतावासले जानकारी दिएको छ।

यद्यपि अहिलेसम्मको अवस्थामा बस्नेतको स्वास्थ्य अवस्थामा सामान्य रहेको र उनी काठमाडौंको कपनस्थित परिवारसँग सम्पर्कमै रहेको जनाइएको छ।-नेपाल खबरबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।