आफ्नैबाट जो,गिनुहोस् – प्रधानमन्त्री ओलीलाई खुलापत्र

सम्माननीय प्रधानमन्त्रीज्यू, नमस्कार ।
प्रथमतः देशसेवालाई नै आफ्नो स्वास्थ्य ठान्ने तपाईंको सफलता र दीर्घायुको कामना गर्दछु । आज तपाईंमाथि चारैतिरबाट आ,क्रमण भइरहेको बुझिन्छ । तपाईंको यो अवस्था देख्ता मलाई पुराणको एउटा मिथकको सम्झना आयो, जुन यसप्रकार छ :

सुनारको सुन पिट्ने र लोहारको फलाम पि,ट्ने भ,ट्टी नजिक–नजिकै रहेछन् । एक दिनको कुरा हो पि,ट्दै गर्दा उछिट्टिएका सुनको टु,क्रा र फलामको टु,क्रा एकै ठाँउ आइपुगेछन् । आफ्ना साथीबाट चो,इटिएर त्यहाँ आइपुगेका सुन र फलामका बीचमा सम्बाद हुन थालेछ । फलामले सुनलाई सोधेछ : “सुन्दर नरनारीका साथमा रहने त्यो वै,भव छाडेर तपाईं यहाँ किन आउनुभएको हो ?”

सुनले दुःख पोखेछ : “मलाई त,ताउँछन् अनि थिल्थिलो नहुन्जेलसम्म घन्टौं लगाएर कु,टिरहन्छन् । मलाई त्यहाँ माया गर्ने पनि कोही छैनन्; सबै श,त्रु छन् । त्यहीं पी,डा ख,प्न नसकेर म यहाँ आएको हुँ । तपाईं चै यहाँ किन आउनुभएको नि ?”
फलाम : “म पनि त्यस्तै दुःख परेर नै आएको हुँ ।”

सुन : “मलाई जस्तो तपाईंलाई के दुःख होला र ? तपाईंका त आफ्ना जातभाइ, इ,ष्टमित्र छन् ; माया गर्दा हुन् नि । मलाई त अर्को जातले ठु,ङ्ठङ्याइरहन्छ ; कति बि,लौना गर्दा पनि छोड्दैन ।”

फलाम : “तपाईंलाई त अर्कै जातकोले भए पनि दु,ख्लाझैं गरेर माया गरीगरी कु,ट्छ । मलाई त पहिले मु,र्छित होउन्जेल त,ताउँछन् अनि आफ्नै जातले समाउँछ , आफ्नै जातको लि,हिलीमा राख्छ र आफ्नै जातले नि,र्दयी पाराले म,च्च्याइमच्च्याइ ठो,क्छ । यसरी आफ्नै जातले नि,र्दयतापूर्वक ठो,केको झन् अस,ह्य हुँदो रहेछ ।”

प्रधानमन्त्रीज्यू, अहिले तपाईंको हालत यहीं फलामकै टु,क्राको जस्तो छ । यस्तो बेलामा तपाईंलाई आ… म यो मा,रमुङ्ग्री कति सहनु ? त्यहीँ फलामझैं उ,छिट्टिएर पर जाउँ कि जस्तो पनि लाग्दो हो । तर तपाईं परै बसे पनि यिनले छाड्ने छैनन् । यो पी,डा अरूहरूलाई पनि नभएको चाहिँ होइन। पञ्चायतले दिएको जे,लनेल मेरालागि बाहिरी पी,डा थियो । काङ्ग्रेसको शासनकालभर आफूले पाएको पी,डा पनि बाहिरी नै थियो तर जब आफ्नै जातका भनिएकाहरू शासकीय स्वरूपमा आएपछि भने तिनले प्र,ताडित गरेका कारण पटक–पटक म पनि मु,र्छित भएको छु । अझ माओवादी जनयु,द्धमा हो,मिएका सोझासाझाहरूको पी,डा सुन्दा त झन् मन कुँ,डिन्छ । माओवादी जनयु,द्धमा २८ वटा यु,द्ध ल,डेर घा,इते जीव,न बाँ,चिरहेका एक योद्धाले दिएको अभिव्यक्ति कति हृदयविदारक छ ।

उनले भनेका छन् : “यु,द्ध ल,डेकामा मलाई कुनै वि,स्मात् पनि छैन तर यु,द्धमा नगएका मेरै गाउँका साथीहरू धन कमाएर, पार्टीको विश्वास पात्र भएर मेरै अगाडि सहरमा घर बनाएर हिडेको देख्ता मन रुन्छ ।” प्रधानमन्त्रीज्यू, झापाका डि,गेन राजबंशीले गरेको आ,त्म,ह,त्या पनि आफ्नै जातकाले दिएको मा,रमुङ्ग्रीको परिणति हो भन्ने पनि मैले सुनेको हुँ ।

अहिलेको दुईतिहाइको सरकार तपाइँकै राष्ट्रवादी अडानकै प्रतिफल हो भन्ने नेपाली जनताले बुझेका छन् । मु,र्झाएका नेपालीलाई नेपालको स्वतन्त्र अस्तित्वको ह,क्की सन्देश दिने तपाईं नै हो भन्दा अ,त्युक्ति नहोला । तपाईं जा,म्बवान् हो जसले नेपाली जनतालाई ‘हामी प,राधीन छैनौ ।’ भन्ने आत्मश,क्ति प्रदान गर्नुभयो । अघि के भए म त्यता जान चाहन्न तर अहिले चीनसँगको पारवहन सन्धि, भारतमा आफ्नै बन्दरगाह, अन्तर्राष्ट्रिय हवाइ मैदान,अन्तरिक्षमा सेटेलाइट, रेलमार्ग निर्माणमा सव्रिmयता,द्रुतमार्ग निर्माणको अठोट, का,लाबजारियामाथि निगरानी जस्ता तपाईंका काम राष्ट्रप्रेमले ओत,प्रोत र यु,गान्तका,री छन् । महाशय , एउटा कुरो छ : नेपाली जनता र नेपालको संविधानभन्दा पनि माथिको एमसिसि भनें नेपाली जनताले रुचाएको जस्तो लाग्दैन ।

तपाईंको शुभचिन्तक – विश्वराज खतिवडा (पत्रवाहक भक्तपुर ब. क्याम्पस, भक्तपुरमा प्रध्यापनरत हुनुहुन्छ ।)



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।