मलेसियामा श्री मान गु माएकी दिलकुमारीको दुः खको कथा, शिक्षण अ स्पतालबाट प्रधानमन्त्री ओलीको हेल्थ अपडेट लाइभ(भिडियो)

काठमाडौं । न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ५०३ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

१. प्रधानमन्त्री ओलीले बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्दैहुनुहुन्छ । प्रधानमन्त्री ओलीलाई नातामा भाञ्जी पर्ने झापा चार आलीकी ३२ वर्षीया समीक्षा संग्रौला ज्ञवालीले अंगदान गर्दैहुनुहुन्छ ।

मिर्गौला प्रत्यारोपणका लागि शिक्षण अस्पतालको एनेक्स ६ सय १ नम्बर बेडमा प्रधानमन्त्री ओली भर्ना हुनुभएको छ ।

पुनः मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुपूर्व भिडियो सन्देशमार्फत प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यलाई लिएर ढुक्क रहन आग्रह गर्नुभएको छ ।

२. मलेसियामा श्रीमान गुमाएकी दिलकुमारीको दुःखको कथा

काठमाडौं, २० फागुन । दैलेखका दीपबहादुर शाहीले मलेसिया पुगेको ४ बर्ष पूरा भएपछि नेपाल फर्कनु अघिल्लो साँझ श्रीमती दिलकुमारी शाही र छोराहरुसँग भिडियो कल गर्दै काठमाडौंसम्म लिन आउनु भनेका थिए ।

चार÷चार वर्षसम्म मलेसियामा रहेका श्रीमानलाई भेट्न आतुर उनकी श्रीमती र दुई छोरा निकै हर्षित थिए । तर, दिलकुमारी र उनका दुई छोराको त्यो हर्ष धेरै लामो समय टिकेन ।

२०७४ बैशाख ३० गते बिहानै बेलुकी कुरा गरेर सुतेका श्रीमान रातो बाकसमा फर्कदै गरेको समाचारले उनीहरुलाई मुर्छित बनायो । रोजगारीका लागि मलेसिया पुगेका दीपबहादुरले साहुको सबै ऋण चुक्ता गर्न सकेका थिएनन् ।

३. कृष्णदास कारागार चलान

इनरुवा । ब लात्कार आरोपमा फरार रहेका कृष्णबहादुर गिरीले आत्मसर्मपण गरेका छन् । उच्च अदालत विराटनगरले सुनसरी जिल्ला अदालतको निर्णय बदर गरेकै दिनबाट सम्पर्क विहीन भएका गिरीले जिल्ला अदालत सुनसरीमा पुगी आज आत्मसमर्पण गरेका हुन् ।

अदालतमा उपस्थित भएका गिरीलाई आजै थुनुवा पुर्जी थमाइएको छ । अदालतको पत्रसँगै गिरीलाई कारागार चलान गरिएको छ । प्रहरीको टोलीले गिरीलाई क्षेत्रीय कारागार कार्यालय झुम्का लिएर गएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।