समयमै नेपाल फर्किएको भए प,छुताउन नपर्ने रहेछ

प्रभात कुमार वर्मा, बारा । बाबुलाल स्याङ्तानलाई विदेशमा पाइने काम र दुःख थाहा थिएन । तर उहाँलाई लाग्थ्यो, ‘जहाज चढेर जाने देशमा कमाइ त टन्नै होला ।’ त्यही जहाज चढेर कमाउन जाने रहरले नै उहाँलाई मलेसिया पुर्‍यायो । मलेसियामा दुःख मात्र होइन, एउटा औंला नै गु,माउनु पर्‍यो । अहिले उहाँलाई लाग्छ, ‘श्रम अवधि सकिनासाथ स्वदेश फर्किएको भए प,छुताउन नपर्ने रहेछ ।’

साथीभाइले सुनाएको परदेशको सहर र मनको रहरले उहाँ २३ वर्षको उमेरमै सन् २०१३ मा मलेसिया जानुभएको थियो । एजेण्टलाई एक लाख २० हजार रुपैयाँ बुझाउनुपर्‍यो, मलेसिया जान ।

‘त्यो बेला सबैले विदेश गएपछि त कति न कमाइन्छ भन्थे, मलाई पनि त्यस्तै लाग्थ्यो,’ बाबुलाल भन्नुहुन्छ । त्यसमाथि घरको आर्थिक अवस्था पनि क,मजोर थियो । त्यसैले उहाँलाई साथीभाइले भनेको कुरामा लोभ पनि लाग्यो । बाबु, आमा, पाँच जना दिदीबहिनी र एक भाइको जिम्मेवारी पनि कमाएर पूरा गर्नु थियो उहाँलाई ।

आफूले दुई कक्षासम्म मात्र पढेकाले उहाँलाई भाइबहिनीले पढून् भन्ने थियो । घरमा आम्दानीको स्रोत केही थिएन । म्यानपावरलाई तिर्ने पैसा पनि बुवाले ऋण गरेरै व्यवस्था गरिदिएका थिए । मलेसियामा अल्मुनियम फ्रेम बनाउने काम थियो उहाँको । त्यहीबाट भएको कमाइले घरव्यवहार टारिरहनुभएको थियो ।

‘घरकै चिन्ताले म त्यहाँ पनि दिनरात नभनेर ओभरटाइम गरिरहेको थिएँ,’ बाबुलाल भन्नुहुन्छ, ‘कमाएर सबैलाई सुख दिउँला भन्ने थियो खैं के भयो भयो नि ।’ त्यही कमाउने चक्करमा उहाँले श्रम अवधि सक्किंदा पनि घर फर्किंन पर्छ भन्ने हे,क्का नै राख्नुभएन । यसै सात वर्ष बि,तिसकेको थियो ।

सन् २०२०, नयाँ वर्षको उमंग थियो । सबै अंग्रेजी नयाँ सालको उलक्ष्यमा हाँसीखुसी काम गर्दै थिए । बाबुलाल पनि काममा हुनुहुन्थ्यो । ‘अरुलाई नयाँ सालले खुशी ल्यायो तर मलाई भने द,शा लागेछ, त्यही दिन औंला का,टियो,’ बाबुलाल सुनाउनुहुन्छ ।

दिमाग भारी भएको थियो त्यो दिन बाबुलालको । के चि,न्ता थियो उहाँलाई नै थाहा छैन । काम गरिरहनुभएको थियो । आ,ल्मुनियमको फ्रेम बनाउने मेशिनले कतिबेला औंला नै का,टेछ, उहाँले पत्तै पाउनुभएन ।

‘साथीले र,ग,त बगिरहेको देखेर के भयो भन्यो, अनि पो झ,सङ्ग भएँ,’ बाबुलाल त्यो नमिठो क्षण सम्झदै भन्नुहुन्छ, ‘औंला खोजें भे,टिएन, मेशिनले च्या,पेर औंला क,टिएछ, कहाँ ह,रायो ह,रायो का,टेको औंला पनि भेटिनँ ।’ कम्पनीले नै उपचार खर्च त गरिदियो । उपचार त भयो तर धेरै कमाउन आशमा दाइने हातको बुढी औंला गुमाउनु पर्दा उहाँलाई असाध्यै मन पो,ल्छ ।

उहाँसँगै काम गरेका साथी बिदामा घर आएर फ,र्किएका थिए । ती साथीले पासपोर्ट नवीकरण गर्न जिल्ला प्रशासन कार्यालय बारामा जाँदा ग्रामिण उद्यम तथा वि,प्रेषण आयोजना (समृद्धि) र कलैया उपमहानगरपालिकाद्वारा सञ्चालित आप्रवासी श्रोत केन्द्र कलैयामा सूचना तथा परामर्श लिई आप्रवासी श्रोत केन्द्रको भिजिटिङ्ग कार्ड लिएका रहेछन् । फोन नम्बर पनि थियो ।

नम्बर पाएपछि बाबुलालले मलेसियाबाट आप्रवासी श्रोत केन्द्रमा फोन गर्नुभयो । केन्द्रबाट विदेशमा उपचार गराएको बिलसहित आउन भनेर सुझाव दिइयो । गएको माघ २९ गते उपचार गराएको कागजात र का,टिएको औंला लिएर नेपाल फर्किनुभयो । बाबुलाल नेपाल फर्कन साथ आप्रवासी श्रोत केन्द्रमा नेपाल सरकारबाट केही रा,हत पाइन्छ कि भन्दै पुग्नुभयो उहाँ । तर श्रम अवधि सकिएपछि दु,र्घट,नामा परेकाले उहाँले राहत रकम पाउनुभएन ।

बाबुलाले समयमा नेपाल फर्किएर पुनः श्रम स्वीकृति लिएर गएको भए विदेशमा भएको अं,गभं,गको प्रकृतिअनुुसार नेपालमा वैदेशिक रोजगार बोर्डबाट राहत रकम पाउनुहुन्थ्यो । अहिले त श्रम अवधि सकिएको एक वर्ष पछिसम्म पनि दु,र्घट,ना परे क्ष,तिपूर्ति पाउने नियम त छ । तर उहाँ त सात वर्षसम्म बस्नुभएकाले यो सुविधाबाट पनि बञ्चित हुनुभयो ।

बाबुलालका दुई सन्तान छन् । सरकारबाट केही राहत पाएको भए छोराछोरी पढाउन सहज हुन्थ्यो भन्ने थियो बाबुलाललाई । तर आफ्नै ला,परबाहीका कारण यो समस्या भगेकाले बाबुलाल, श्रम अवधिभन्दा धेरै विदेशमा काम नगर्न सबैलाई सुझाव दिनुहुन्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।