कोरोना भा इरसबाट जो गिन न्यूरोडमा ‘पानीका धारा’

काठमाडौं । पछिल्लो समय विश्वमा फैलिँदै गएको कोरोना भाइरसबाट जोखिन न्यूरोड क्षेत्रमा हात धुनका लागि ‘पानीका धारा’ जडान गरिएको छ । काठमाडौँको प्रमुख व्यावसायिक क्षेत्रका रूपमा परिचित न्यूरोडको पाको रोडका मोबाइल व्यवसायीले कोरोनाबाट बच्नका लागि उक्त सडकको दुईतर्फ १२ पानीका ड्रमसहित धारा जडान गरेका हुन् ।

जडान गरिएको धाराको आज महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदी, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का निर्देशक सञ्जीव राना र पाको रोडका व्यवसायीले हात धोएर कार्यक्रमको संयुक्त उद्घाटन गरेका हुन् । कार्यक्रममा काठमाडौँ प्रहरी प्रमुख सुवेदीले कोरोना भाइरसबाट जोगिन हात धुनुपर्ने बताउँदै हात धुनका लागि न्यूरोडका व्यवसायीले धारो राखेर राम्रो कामको थालनी गरेको उल्लेख गरे ।

केयुकेएलका निर्देशक रानाले कोरोना भाइरसको जनचेतना देशैभर फैलाउनु जरुरी रहेको बताए । विश्वमा पछिल्लो समय भयावहरूपमा फैलँदै गएको कोरोनाको असर नेपालमा पनि पर्नसक्ने भन्दै यसबाट जोगिनुपर्ने उनको भनाइ थियो ।

न्यूरोड क्षेत्रमा आउने ग्राहकलाई साबुनपानीले हात धुन र कोरोना भाइरसबाट जोगिनका लागि उक्त अभियानको थालनी गरेको स्थानीय व्यवसायी विवेक शर्माले जानकारी दिए । पानीको ड्रमसहित धारा जडानका लागि रु तीन लाख बराबर खर्च भएको छ ।

हात धुने अभियानको प्रभावकारिता हेरेर काठमाडौँ मल, सुन्धारा, न्यूरोड प्रवेशद्वारमा समेत पानीका धारा र साबुन राखिने शर्माको भनाइ छ । पाकोका अर्का व्यवसायी महेन्द्र शाहीले अभियानलाई काठमाडौँका विभिन्न क्षेत्रमा विस्तार गर्दै लैजाने बताए ।

गौतमबुद्ध रङ्गशाला निर्माणका लागि रु ३० हजार सहयोग

धुर्मुस–सुन्तली फाउण्डेशनले चितवनमा निर्माण गर्र्न लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि रु ३० हजार आर्थिक सहयोग गरिएको छ । फाउण्डेशनले जनस्तरबाट सङ्कलन गरेको रकमबाट निर्माण गर्न लागेको रङ्गशालालाई अष्टे«लियामा बस्दै आएका झापाका निलम सिटौला र दोलखाका निराजन थापाले रु १५–१५ हजार आर्थिक सहयोग गरेका हुन् । उक्त रकम आज दोलखाका थापाले फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’लाई हस्तान्तरण गरे ।

कार्यक्रममा फाउण्डेशनका अध्यक्ष धुर्मुसले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला धुर्मुस–सुन्तलीको मात्र नभई सिङ्गो मुलुकको रङ्गशाला भएकाले सबैले सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे । ‘थोपाथोपा मिलेर समुद्र बनेजस्तै थौरैथोरै रकम उठाएर रङ्गशाला निर्माण गर्न लागेका हौँ’, उनले भने । जनस्तरबाट निर्माण हुन लागेको उक्त रङ्गशाला निर्माणका लागि रु दुई अर्ब ५० करोड लाग्ने अनुमान गरिएको छ ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।