काठमाडौंसहित देशका धेरै ठाउँमा बिहानैदेखि व र्षा

काठमाडौं, फागुन २४ । आज (शनिबार) बिहानैदेखि काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार पश्चिमका तराई भूभागक बाहेक देशका बाँकी सबै स्थानमा गड्यागुडुङसहित पानी परिरहेको छ।

‘आज दिनभर नै मौसम यस्तै रहने देखिन्छ,’ शनिबार बिहान नेपालखबरसँग मौसमविद् श्रेष्ठले भने, ‘पानी नै परिरहन्छ भन्ने छैन, तर मौसम दिनभर खुल्दैन।’

उनका अनुसार काठमाडौं उपत्यकामा शनिबार बिहान साढे ४ बजेदेखि नै हल्का वर्षा भइरहेको भने पश्चिमी र पूर्वी क्षेत्रमा शुक्रबार रातिदेखि नै पानी परिरहेको छ।

‘तर पश्चिम तराईतिर पानी पर्ने क्रम कम हुँदै गएको छ र केही समयपछि रोकिने देखिन्छ भने पहाडतर्फ पानी पर्ने क्रम जारी नै रहने सम्भावनाछ, उनले भने।

अहिले वर्षा भइरहेको काठमाडौं उपत्यकालगायतका स्थानमा केही समयपछि पानी पर्न रोकिए पनि मध्याह्नपछि पुनः वर्षा हुने सम्भावना रहेको मौसमविद् श्रेष्ठले जानकारी दिए।

‘अब १ घण्टाजति पछि काठमाडौं उपत्यकामा पानी पर्न रोकिने सम्भावना छ,’ मौसमविद् श्रेष्ठले भने, ‘मध्याह्नपछि पुनः पानी पर्न सुरु हुने देखिएको छ।’

अहिले नेपालको मौसमा स्थानीय वायुका साथै पश्चिमी वायुको समेत प्रभाव परेको छ।

‘सामान्यतया प्रिमनसुनका बेला पश्चिमी वायु नआउनुपर्ने हो तर अहिले आइरहेको छ, त्यसकारण यसले हावाहुरी, चट्याङ र असिनाको सम्भावना बढाउँछ,’ उनले भने।

उनका अनुसार मौसम पूर्वानुमान महाशाखाको भूउपग्रहको तस्बिरले हिजो राति पश्चिम र पूर्वी पहाडमा वर्षाका साथै चट्याङ परेको देखाएको छ। तर हावाहुरीको रिपोर्ट अहिलेसम्म प्राप्त भएको छैन।

‘अहिलेको प्रणाली हावाहुरी ल्याउने खालकै हो,’ मौसमविद् श्रेष्ठले भने, ‘तर यो कुनै सानो ठाउँमा मात्रै आउने भएकाले हाम्रो स्याटेलाइले त्यसलाई क्याच गर्न सक्दैन, त्यसैले कतै हावाहुरी आएको पनि हुन सक्छ।’

उनका अनुसार आज पनि असिना पानी, चट्याङ, हावाहुरीको सम्भावना छ।

‘ठ्याक्कै यही स्थानमा भनेर तोक्न गाह्रो छ,’ उनले भने, ‘त्यसकारण यसको सम्भावना जहाँ पनि हुन सक्छ।’

यस्तै आज देशभरका उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको पनि सम्भावना छ।

मौमस पूर्वानुमान महाशाखाले शनिबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ :

देशका केही स्थानहरूमा मेघ गर्जनचट्याङहावाहुरी असिनासहित वर्षाको सम्भावना रहेको साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउनु हुन अनुरोध छ।

भोलि आइतबारबाट भने मौसम सुध्रिने सम्भावना छ। आकाशमा बादल देखिए पनि भोलि वर्षाको सम्भावना नरहेको मौसमविद् श्रेष्ठले बताए।-नेपाल खबरबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।