”नेपाल स्टार’ को पहिलो ए पिसोड,पोखरा अडिसन (भिडियो)

काठमाडौ । गायन रियालिटी शो वाइवाइ नेपाल स्टारको प्रसारण शनिवार राती ९ बजे देखी नेपाल टेलिभिजनमा हुदैछ ।

नेपाल टेलिभिजनका लागि ‘कि इन्टरटेन्टमेन्ट एण्ड रिसर्च प्रा.लि ले उत्पादन गरेको शोको पहिलो एपिसोडमा पोखरा अडिसनलाई प्रसारण गर्न लागिएको कार्यक्रम निर्देशक रवि श्रेष्ठले जानकारी दिए । गत पौष २९ गते बाराही माबी मालेपाटनमा पोखरा अडिसन सम्पन्न भएको थियो ।

शोमा गायक रामकृष्ण ढकाल , गायिक अन्जु पन्त र संगितकार आलेकश्री निर्णायकको भुमिका देखिनेछन् । भने कार्यक्रम प्रस्तोताको रुपमा सन्जोक बस्याल र निशा पाठक रहेका छन् । पोखरामा लामो समय संचार क्षेत्रमा सक्रिय रहेर काम गरेका बस्याल पहिलो पटक टेलिभिजनको पर्दामा कार्यक्रम संचालकको भुमिकामा देखिदैं छन् ।

‘नेपाल टेलिभिजनमा पहिलोपटक रियालिटी शो होस्ट गर्दैछु त्यो पनि मेरो प्यारो पोखराको अडिसनसंगै सुरुवात हुदैछ ,यो गज्जबको संयोग जुरेको छ’,बस्यालले भने, ‘म निकै उत्साहित छु ।’ बस्यालले पोखरा र पश्चिमाञ्चल आसपासका क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका थिए । हाल उनि रेडियो कान्तिपुरमा कार्यरत छन् ।

बस्यालसंगै प्रस्तोताको रुपमा रहेकी पाठक मिस ग्राण्ड नेपाल २०१९ की बिजेता हुन् । पाठकले कार्यक्रम बनाउँदा निकै मिहेनत गरेका कारण दर्शकहरुले मनपराउने विश्वास व्यक्त गरिन् । ‘एकदम खुशी लागेको छ ,नेपालको आफ्नै मौलिक शो होस्ट गर्न पाउँदा पाठकले भनिन्, ‘पहिलो एपिसोड भएकोले डर लागिराछ ,विश्वास छ दर्शकहरुले मनपराउनु हुनेछ’ ।

कार्यक्रम निर्देशक श्रेष्ठले ४ देखी ५ वटा राउण्ड गरि कुल ३६ वटा एपिसोड प्रसारण गरिने जानकारी दिए । ‘हाललाई ३६ वटा एपिसोड छ तर बढ्न पनि सक्छ’,श्रेष्ठले भने ‘कस्तो किसिको प्रतिक्रिया आउँछ भन्नेमा खुल्दुली छ तर जे जस्तो आउँछ त्यसलाई हामी स्विकार्छौं’।

प्रतियोगिताको लागी सात प्रदेश र काठमाण्डौं सहित ८ स्थानमा अडिसन लिइएको थियो । यो रियालिटी शोको पावर्ड वाइ टाइटलमा वृज सिमेन्ट, बैंकिङ पार्टनरमा सिद्धार्थ बैंक, लाइफ इन्स्योरेन्स पार्टनरमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी, रेड कार्पेट पार्टनरमा यती कार्पेट, डिजिटल पार्टनरमा की डिजिटल र रेडियो पार्टनरमा हिमालय एफएम नेटवर्क रहेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।