यी उदाहरणीय जोडी ! जसले श्री मतीको जन्मदिनमा ब्ल ड क्या न्सर पि डितलाई सहयोग गरे

काठमाडौ ।  देशका विभिन्न स्थानमा आफ्नो जन्मउत्सव बनाउने पछिल्लो समयमा निकै लहर झै बनेको छ । त्यसैमा जन्मदिनमा ठुलो ठुलो होटेल लजहरुमा गएर केक काटेर वियर र हुस्कीसंगै आफ्नो जन्म दिन बनाउने परम्परा नै चलिरहेको छ । कुनै कुनै ठाउमा कुनै व्यक्तिले मात्रै सामाजिक कामका लागि आफ्नो जन्मदिनको खर्च प्रयोग गरिरहका छन् । त्यसैका एउटा पात्र हुन सुन्दरहरैचा, ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक गुणराज बुढाथोकिले आफ्नो श्रीमतीको जन्मोत्सवको अवसर पारी ब्लड क्यान्सर पिडित एक युवालाई आर्थीक सहयोग गरेका छन ।

प्रहरी निरिक्षक बुढाथोकिले आफ्नो श्रीमती रोशीका बुढाथोकी ( दाहाल ) को जन्मोत्सवको अवसर पारी मकालु टेलिभिजनमा कार्यरत पत्रकार कमल पौडेलको स्वास्थ्य लाभको कामना गर्दै बिहिबार आर्थीक सहयोग गरेका हुन ।

उतरी मोरङमा रहेर सञ्चार क्षेत्रमा रहेका उतरी मोरङका विभिन्न स्थानिय तहहरु बेलबारी, सुन्दरहरैचा, केराबारी र लेटाङबाट कमल पौडेल बचाउ अभियान लिएर आर्थिक संकलन गरिरहेका सञ्चारकर्मीहरुलाई बिहिबार बुढाथोकिले रु ६ हजार ५ रुपैया सहयोग गरेको आर्थिक संकलन समितिका सदस्य राज पोखरेलले बताए ।

प्रहरी निरिक्षक बुढाथोकिले उक्त रकम समितिका सदस्य पोखरेललाई बिहिबार हस्तान्तरण गरेका हुन । उतरी मोरङका विभिन्न स्थानिय तहमा रहेर सञ्चार क्षेत्रमा कृयाशिल रहेका सञ्चारकर्मीहरुले सयुक्त रुपमा पौडेलको स्वास्थ्य लाभको कामना गर्दै विभिन्न संघ सस्था र व्यक्ती सग रकम संकलन गरिरहेका छन ।-मुलधार पोष्टबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।