आफैँले ड ण्ठिनी भनेका प्र हरीसँग कुम जो डेर आस्थाले लेखिन्– ब दलाको कुराभन्दा क्ष मा ठूलो !

काठमाडाैं,फागुन २५ । त्रिभुवन विमानस्थलमा खटिएकी महिला प्रहरीलाई अशपब्द बोलेर विवादमा परेकी गायिका आस्था राउतले प्रहरीको प्रशंसा गर्दै फोटो पोस्ट गरेकी छन् ।

अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस ८ मार्चको अवसरमा आइतवार सामाजिक सञ्जाल फेसबूकमा महिला प्रहरीसँगको तस्वीर पोष्ट गर्दै उनले बदलाभन्दा क्षमा गर्नु ठूलो भन्ने सन्देश लेखेकी रहिछन् ।

‘के छ यहाँ घटीबढी जोख्न छैन तुलो, बदलाको कुराभन्दा क्षमा गर्नु ठूलो,’ उनले लेखेकी छन् ।

उक्त फोटो नेपालगञ्ज विमानस्थलमा खिचिएको जानकारी आस्थाले  दिइन् ।

 

‘यो फोटो नेपालगञ्ज विमास्थलमा खिचेको थिए, त्यहाँ महिला प्रहरीले राम्रो व्यवहार गरेपछि एक हप्ता पहिला खिचिएको फोटो हो,’ उनले भनिन् ।

माघ ३ गते काठमाडौंबाट झापा जानेक्रममा उनले विमानस्थलमा खटिएकी महिला प्रहरीलाई अपशब्द बोलेको चर्को आलोचना झेलेकी थिइन् ।

पछि उनले महानगरीय प्रहरी परिसर काठमाडौंमा उपस्थित भएर माफी मागेपछि उक्त प्रकरण साम्य भएको थियो ।

सकारात्मक सन्देश जाओस् भन्ने हिसाबले आफूले उक्त तस्वीर फेसबूकमा राखेको भन्दै आस्थाले थपिन्, ‘पिक्चर स्पिक्स लाउडर देन वर्डस् ।’-लोकान्तरबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।