मि र्गौला प्र’त्यारोपण प्रत्येक नेपालीलाई नि शुल्क हुनुपर्छ : सांसद ढकाल

काठमाडौं।राजपाकी सांसद नरमाया ढकालले प्रधानमन्त्री केपी ओलीलाई जस्तै सबै मिर्गौला रोगीलाई मिर्गौला प्रत्यारोपणको सुविधा प्राप्त होस् भनी कामना गरेकी छिन्। प्रतिनिधि सभाको शुक्रबारकाे बैठकमा बोल्दै उनले सफलता पूर्वक मिर्गौ ला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य लाभको कामना गरिन्।

उनले प्रधानमन्त्रीलाई आफनो मृगौला दिने समीक्षा ज्ञवालीको साहसको पनि उच्च कदर गरेकी छिन्। दुई पटकनै प्रधानमन्त्री ओलीले महिलाहरुबाट मिर्गौला प्राप्त भएको स्मरण गराउदै अंगदान सम्बन्धी कानूनी जटिलताका कारण कठिनाई भोगिरहेका नागरिकहरुको बारेमा कानूनी जटिलता हट्ने विश्वास लिएको बताइन्।

साथै स्वदेशको सरकारी अस्पताल र स्वदेशी चिकित्सकहरु प्रतिको प्रधानमन्त्रीको विश्वास आगामी दिनमा पनि निरन्तरता रहने र अन्य नेतृत्वले पनि अनुशरण गर्ने वातावरण बन्ने अपेक्षा गरेको पनि बताइन् । उनले प्रधानमन्त्रीको कदमले नेपाली चिकित्सकहरुको मनो वल उठेकोसमेत बताएकी छिन्। संसदमा सम्बोधनका क्रममा उनले कोरोन भाइसरको त्रास विश्वभर रहेकोले हाम्रो मुलुक पनि त्रासमा नै रहेको प्रसंग उल्लेख गरिन्।

यसैकारण नेपालमा नागरिक सचेतना कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न र यसबारे निरन्तर संसदलाई जानकारी गराउन सरकारसँग माग पनि गरिन्। साथै कृतिम अभाव उत्पन्न गरी बजारमा औषधी माक्स, खाध्य सामग्रीको कालोबजारी गर्नेहरुलाई कडा भन्दाकडा कारबाही गरी सरकार छ भन्ने अनूभुति दिने बाताबरण बनाउनु पर्ने माग पनि गरिन्। यस विषयमा सरकारले ठोस कदम चाल्नुपर्ने माग पनि गरेकी छिन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖