कमेडी च्या म्पियनको ‘ग्रान्ड फिनाले’ आफ्नै स्टुडियोमा, टिकट बि क्री खुला

काठमाडौं। कमेडी च्याम्पियनको ‘ग्रान्ड फिनाले’ चैत १ गते हुँदैछ। यसअघि च्याम्पियनको फिनाले होटल सोल्टी वा आर्मी अफिसर क्लबमध्ये एकमा गर्ने तयारी थियो। तर, अब भने ग्रान्ड फिनाले आफ्नै स्टुडियोमा हुने भएको छ।

कोरोना भाइरसको संक्रमणलाई मध्येनजर गरेर सरकारले ठूला सभा, सम्मेलन नगर्न आग्रह गरेपछि ग्रान्ड फिनाले च्यासलस्थित आफ्नै स्टुडियोमा गर्न लागिएको निर्देशक विशाल भण्डारी बताउँछन्।

ग्रान्ड फिनालेमा अभिनेता राजेश हमाल र महजोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) अतिथि रहनेछन्। सुमन कोइराला, खड्गबहादुर पुन र हिमेश पन्त ग्रान्ड फिनालेमा पुगेका छन्।

सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा कमेडी च्याम्पियनका निर्णायक छन्। शोको होस्ट रीमा विश्वकर्माले गर्दै आएकी छिन्।

आयोजकले तीनै जना प्रतिस्पर्धीलाई भोटिङ खुल्ला गरेको छ। त्यस्तै ग्रान्ड फिनालेको टिकट बिक्री पनि खुला गरिएको आयोजकले जनाएको छ। टिकट ई–सेवाबाट काट्न सकिने बताईएको छ।-डिसीनेपाल

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।