राष्ट्रिय आदर्श नारी सम्मान २०७६ बाट सुमित्रा बस्नेत सम्मानित

काठमाडौँ – बरिष्ट बित्तियकर्मि तथा सामाजिक अभियन्ता सुमित्रा बस्नेत “राष्ट्रिय आदर्श नारि सम्मान- २०७६” बाट सम्मानित भएकी छिन ।

११० औं अन्तराष्ट्रिय महिला दिबसको अवसर पारेर बिगत दुइ दशक देखि अत्यन्तै निष्ठा र समर्पणको साथ आर्थिक, ब्यबसायिक तथा सामाजिक क्षेत्रमा सक्रियतापुर्बक लागि नेपालि नगारिक समाजमा आफुलाई निष्ठापुर्बक समर्पित गर्दै आएको र आफु संलग्न क्षेत्रको माध्यम मार्फत मुलुकको आर्थिक बिकाश, सामाजिक सेवा र नागरिक सेवमा निरन्तर पबित्र सेवाभाबले कार्य गर्दै आएको र सेवा मुलक ब्यबसाय, सामाजिक क्षेत्रमा सक्रिय भई महिला ससक्तिकरण, शिक्षा, स्वास्थ्य, रोजगार र विभिन्न सेवामुलक सामाजिक संघ सस्था मार्फत राष्ट्र र समाजको लागि पुर्याएको निरन्तर योगादन स्वरुप बस्नेतलाई राष्ट्रिय प्रेस क्लब नेपालले उनको कार्यलाई उच्च मुल्यांकन गर्दै सुमित्रा बस्नेतलाई प्रथम उपराष्ट्रपति महामहिम सम्माननिय परमानन्द झाको बाहुली बाट “राष्ट्रिय आदर्श नारि सम्मान – २०७६” बाट सम्मानित गरेको हो । उक्त सम्मान कार्यक्रममा गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति महामहिम सम्माननिय परमानन्द झाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

सामाजिक, आर्थिक, तथा महिला ससक्तिकरण मार्फत राष्ट्र प्रति उत्तरदायित्व बहन गर्दै समाजमा पुर्याएको बिशिस्ट योगदान स्वरुप बरिष्ट समाजसेवी सुमित्रा बस्नेत विभिन्न दर्जनौ राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मान बाट सम्मानित भईसकेकी छिन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।